(Tuesday , 25 June,2024)

पूर्वन्यायाधीशको निधन, सर्वोच्चका सबै सुनुवाइ स्थगित

NepalNewsLine

NepalNewsLine

Image 1

काठमाडौँ । पूर्वन्यायाधीश हरिजंग सिजापतिको निधन भएको छ । उनको निधनको खबरपछि सर्वोच्च अदालतमा तोकिएका सबै पेशीको सुनुवाइ स्थगित भएको छ । 

पेशी तोकेर सुनुवाइमा चढिसकेका सबै मुद्दा आज स्थगित भएको सर्वोच्च प्रशासनले जनाएको छ । आज गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेश सरकारसम्बन्धी विवादको सुनुवाइ हुने तय भएपनि योसहित सबै स्थगित हुने भएको छ । 

तर, प्रशासनीक कार्यहरु भने निरन्तर हुने सर्वोच्चले जनाएको छ । सिजापतिको बुधबार साँझ निधन भएपनि बिहीबार ढिलागरी जानकारी प्राप्त भएको थियो ।

कुनै पूर्वन्यायाधीशको निधनको खबरसँगै त्यसदिनको सुनुवाइ नगर्ने परम्परा सर्वोच्चमा रहेको छ । सिजापति २०६१ वैशाख ३ देखि २०६२ माघ ३० गतेसम्म न्यायाधीश थिए ।
 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal