(Sunday , 19 May,2024)

क्यानडामा जाने विद्यार्थीलाई काम पाउन मुस्कील, दुतावासले निकाल्यो जानकारी पत्र

NepalNewsLine

NepalNewsLine

Image 1

काठमाडौ । अहिले नेपालबाट पढ्नको लागी धेरै विध्यार्थीहरु बाहीरीने क्रम जारी छ । नेपालमा रोजगारी र भविष्यको सुनिश्चितता नभएपछि पढ्ने र पैसा कमाउने उद्देश्यका साथ जाने गरेका छन । विशेष गरी नेपाली विद्यार्थीको रोजाईमा अमेरीका,क्यानडा,न्युजिल्याल्ड,अष्ट्रेलिया,दक्षिण कोरीया, जापान आदी पर्दछन । अष्ट्रेलियाले भने अहिले नेपाली विद्यार्थि भिसामा कडाई गरेको छ भने क्यानडाले नेपाली विद्याथी लाई सहज रुपका भिसा दिईरहेको छ । तर क्यानडामा जान जति सजिलो भएको छ, त्याहा गएपछि काम पाउन र जिवनयापन गर्न त्यति नै गार्हो स्थिति भएको छ । पैसा कमाउने र नेपाल पठाउन त झनै सोच्न नसकिने स्थिति रहेको छ । यहाँबाट टन्न पैसा कमाउने सपना बोकेर विदेश जान्छन तर सोचे जस्तो छैन विदेश । नेपालबाट गएका धेरै विद्यार्थिहरु अलपत्रमा परेका छन । त्यसैले क्यानडामा जाने विद्यार्थिहरुका लागि नेपाली दूतावासले अध्ययन अवधिभर बस्ने खाने खर्चको व्यवस्था गरेर मात्रै छोराछोरीलाई क्यानडा पठाउन नेपाली अभिभावकसँग अपिल गरेको छ। विद्यार्थीहरूको सचेतनाका लागि जानकारीपत्र सार्वजनिक गर्दै दूतावासले यस्तो अपिल गरेको हो। 

‘अभिभावकहरूले आफ्ना छोराछोरीलाई अध्ययन अवधिभरका लागि शैक्षिक शुल्क र बस्नेखाने खर्चको व्यवस्था गरेर मात्र पठाउनुपर्दछ, ‘पठाइसकेपछि उनीहरूसँग निरन्तर सम्पर्कमा रहने, छोराछोरी के–कस्ता समस्याहरूसँग जुधिरहेका छन् भन्ने बारेमा जानकारी लिने र मनोवैज्ञानिक तथा आर्थिक रुपले सहयोग गर्नुपर्दछ।’ भनि जानकारी पत्रमा उल्लेख गरेको छ । क्यानडा पढ्न आउने विद्यार्थीहरूले आउनासाथ रोजगारी पाइहाल्छन् भन्ने भ्रममा रहेको र त्यसले मानसिक समस्या पैदा गरेको दूतावासले जनाएको छ ।

कलिला उमेरका छोराछोरीमा पर्ने अति आवश्यक खर्चका समस्या र मनोवैज्ञानिक तनावका बारेमा हेक्का राख्ने र त्यस्ता समस्या आउनै नदिने गर्न पनि दुताबासले भनेको छ । यस्तै विद्यार्थीहरूले क्यानडा आउनु अघि आफू पढ्ने कलेज÷विश्वविद्यालय, आफू बस्ने स्थानको भूगोल, हावापानी, रहनसहन साथै क्यानडा आइसकेपछि रहनु पर्ने परिवेश जस्तै भाषा, सांस्कृतिक भिन्नता, बस्नेखाने खर्चको प्रबन्ध  र स्वास्थ्य बीमा आदिका बारेमा पूर्ण अध्ययन गर्नुपर्ने पनि दूतावासको अपिलमा उल्लेख छ।

‘कलेज÷विश्वविद्यालयको गुणस्तर र विश्वसनीयता यकीन गरेर मात्र शैक्षिक शुल्क तिर्नुपर्छ। डेरा खोज्दा पनि घरमालिकको तथ्य सूचना लिएर मात्र भाँडा रकम भुक्तानी गर्नुपर्दछ। सामाजिक संजालका विज्ञापनमा मात्र भर परी भुक्तानी गर्दा ठगीमा पर्न सकिन्छ, भनि दूतावासले सचेत गराएको पत्रमा उल्लेख छ । धेरै सूचनाहरू सम्बन्धित वेवसाइटमा उपलब्ध हुने जनाउँदै दूतावासले पर्याप्त समय दिएर आफूले पढ्न चाहेको विधा, विषय, लिन चाहेको योग्यता, डिग्री, त्यसका लागि सबैभन्दा उपयुक्त कलेज÷विश्वविद्यालय, ती कलेज÷विश्वविद्यालयमा पाइने छात्रबृत्तिका अवसर र संभावना, लाग्ने शैक्षिक शुल्क, बस्नखान लाग्ने खर्च, हावापानी, आदिबारे विद्यार्थी स्वयं वा अभिभावकहरूले यथेष्ट खोजी गरी सु‑सूचित हुन विद्यार्थीसँग आग्रह गरेको छ।

क्यानडा सरकारले अन्तर्राष्ट्रिय विद्यार्थीहरूका समस्या र देशको शैक्षिक पूर्वाधार एवं आवास सुविधामा परेको चापलाई ध्यान दिँदै यसै वर्षको जनवरीमा अन्तर्राष्ट्रिय विद्यार्थीहरू सम्बन्धी नयाँ नीति लिएको दुतावासले जानकारी गराएको छ । अन्तर्राष्ट्रिय विद्यार्थीको सङ्ख्या दुई वर्षका लागि ३५ प्रतिशतले घटाउने नीति दुतावासको रहेको छ । त्यसबाहेक निजी–सार्वजनिक साझेदारीमा सञ्चालन भइरहेका कलेजमा भर्ना भएका स्नातक र सो भन्दा मुनीका तहमा अध्ययन गर्ने विद्यार्थीहरूलाई आगामी सेप्टेम्बरबाट श्रम स्वीकृति÷वर्क परमिट जारी नगर्ने नीति लिएको छ। अतः क्यानडामा अध्ययनका लागि आउन लाग्नु भएका विद्यार्थीरूले यी नीतिहरूलाई विशेष ध्यान दिन उचित हुने र क्यानडा पुगिसकेका विद्यार्थीहरूलाई पनि सचेत हुन दूतावासले अनुरोध गरेको छ।

‘कार्यस्थलमा श्रम शोषण÷दुर्व्यवहार÷ठगीमा परेमा विद्यार्थीहरूले कार्यस्थलमा वा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरी कानूनी उपचार खोज्न, विद्यार्थीहरूले आफ्नो कलेज वा काममा जाँदा÷आउँदा, पैदल हिंड्दा वा सवारी चलाउँदा यहाँको ट्राफिक नियम राम्रोसंग पालना गर्न, दूतावासले भनेको छ, ।  क्यानडाका सडकहरूमा अत्यन्त तीब्र गतिमा गाडीहरू चल्ने हुनाले नियम विपरित बाटो काट्दा दुर्घट्नाको जोखिम रहन्छ। ट्राफिक संकेतको पूर्ण पालना गरेर मात्र सवारी साधन चलाउने वा बाटो काट्न समेत सचेत गराएको छ । 

विदेशिनु बाध्यता हो तर समाधान भने होईन । विदेश जादैमा भनेको जस्तोे काम पाईहालिन्छ भन्ने होईन र टन्न पैसा कमाउन सकिन्छ भन्ने पनि होईन । छोरछोरीले कमाउलान ऋण तिर्लान घर जग्गा जोड्लान भनेर ऋण काटी काटी विदेश पठाउछन तर राम्रो संग नबुझी पठाउदा फस्ने, काम नपाउने, दुःख पाउने, अलपत्र पर्ने, मानसिक तनाबको सिकार हुने गरेका छन । त्यसैले सकेसम्म नेपालमै स्वरोजगार बनौँ, यदी जानै परे पनि सबै राम्रो संग बुझेर मात्र विदेश जाने र पठाउने गरौँ । 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal