(Monday , 13 May,2024)

जेसि माधब कार्कीको सुरुवाती देखि पालुङ जेसिज बर्ष २०२४ को लागि शाखा अध्यक्ष पदको उम्मेदवार सम्मको यात्रा

NepalNewsLine

NepalNewsLine

Image 1

मकवानपुर । मकवानपुर जिल्लाको उत्तरी क्षेत्रमा अबस्थित पर्यटकिय नगरी थाहा नगरपालिका वडा नम्बर २ मा स्वर्गिय पिता श्याम बहादुर कार्की र ममतामयि माता राधादेबि कार्कीको कोखबाट मिति २०४९/०२/०४ गते पुर्णिामाकै दिन दिउसो १२:०० बजे पारिलो भदौरे घाम संगै यस धर्तीमा पहिलो पाइला स्पर्श गरेको उहाँ तिन दाजुहरुको प्यारो भाइ र घरको कान्छा छोरा हुनुहुन्छ।

सानै देखि प्रकृति संग रमाउन मन पराउने उहाँ पशुपन्छिलाई असाध्यै माया गर्नुहुन्छ। संगीतलाइ जिबनको एक अभिन्न अंग मान्ने उहाँ नाटक हेर्न र खेल्न रुचाउँछन्। योग र ध्यान मार्फत जिबनलाइ सहज र सरल रुपमा बुझेका छ्न। सरल र सादा जिबनका धनि उहाँ समाजसेबामा तत्पर छ्न।  जिबनको सुरुवातमै कम रुदै आफैंमा खुशी हुन रमाउने र अरुको खुसिको लागि मन र मुटु दिने स्वाभाबले सबैको मनमा बास बस्न सफल भएका छ्न।

कम उमेरमा जिम्मेवारी बहन गर्न सफल उहाँ होमस्टे महासङको केन्द्रिय सदस्य, मुक्तिनाथ हरियाली कृषि सहकारी सस्थाको अध्यक्ष, पाथीभरा क्षेत्र संरक्षन समिती अध्यक्ष, डाडाघरे बा को होमस्टेको संचालक, डाडाघरे कृषि तथा यग्रो टुरिजमको प्रोपाइटर, थाहा नगर होटेल यशोसियशन वरिष्ठ उपाध्यक्षमा आबद्ध हुनुहुन्छ।

पालुङ जेसिज बर्ष २०१६ मा प्रवेश सङै २०१७/२०१८/२०१९मा साधारण सदस्य, २०२० मा भरत रत्न छात्रवृत्ति संयोजक, सन २०२१ मा उपाध्यक्ष, सन २०२२ मा शाखा सम्पादक, सन् २०२३ मा कोषाधक्ष्य र बर्ष २०२४ को लागि "बिकासका लागि नेतृत्व" थिममा रहि बर्ष भरिनै उत्साह, नयाँ जोशका साथमा बर्ष २०२४ लाइ उत्कृष्ट बर्ष बनाउन स्वरुपेको अर्को रुप भन्दा फरक नपर्ने पालुङ जेसिज बर्ष २०२४ को लागि  शाखा अध्यक्ष पदको उम्मेदवार जेसि माधब कार्की सम्भावनाको नयाँ स्वरुप  सहितका एक युवा । । 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal