(Monday , 13 May,2024)

भिरिञ्ची कलेजले आईसीटी मेला ४.० आयोजना गर्दै, आईओटी देखि एआई सम्मका प्रोजेक्ट राखिने

NepalNewsLine

NepalNewsLine

Image 1

ललितपर । भिरिञ्ची कलेजले पुस १२ गतेदेखि १४ गतेसम्म आईसीटी मेला ४.० आयोजना गर्ने भएको छ । बिहीबारदेखि सुरू हुने सो मेलामा एआई, रोबोटिक्स, आईओटी लगायका विभिन्न प्रोजेक्टहरू प्रदर्शनीमा राखिने छ । 

निःशुल्क अवलोकन गर्न सकिने आईसीटी मेला भिरिञ्ची कलेजले विगत ४ वर्षदेखि आयोजना गर्दै आएको छ । भिरिञ्ची कलेजका विद्यार्थीले बनाएका प्रोजेक्टलाई प्रदर्शनीमा राखिने छ ।

कलेजले पाठ्यक्रममै ट्रेनिङ र मेन्टरसीपको विषय समावेश गरेको छ । त्यसैका आधार पढ्दै सिक्दै गरेको ज्ञान विद्यार्थीले परियोजना उपयोग गर्छन् । प्रोजेक्टका लागि आवश्यक पर्ने सबै फन्डिङ कलेजले गर्छ । 

आईसीटी मेला जस्ता इभेन्टले कलेजका विद्यार्थीलाई हौसला मिल्नुका साथै त्यसलाई स्टार्टअपको रूपमा अगाडि बढाउन आवश्यक पर्ने सल्लाह सुझाव पनि प्राप्त हुनेछ । 

यस वर्षको आईसीटी मेलामा नयाँ अवधारणामा नयाँ प्रोजेक्टहरू प्रदर्शनीमा राखिने भिरिञ्ची कलेजका एकेडेमीक को-अर्डिनेटर रोशन केसीले बताए । 

कलेजले यस वर्षएआई, रोबोटिक्स र आईओटीका परियोजनामा फोकस गरेको छ । मेलामा मानवीय रोबोट, रोबो सकर, ग्रीन हाउस, टार्गेट सुटिङ, सनेक सर्भिलेन्स रोबोट, सोलार ट्रयाकिङ, ट्राफिक लाइट र फेस रिकग्निसन सिस्टम लगायतका प्रोजेक्ट प्रदर्शन हुने उनको भनाइ छ ।

यस बाहेक पुराना प्रोजेक्टहरूलाई समेत थप सुधार गर्दै प्रदर्शनीमा राखिने छ । करिब २५ प्रोजेक्ट प्रदर्शनीमा हुने कलेजले जनाएको छ । यस वर्ष प्रोजेक्ट प्रदर्शनीमा सहभागी हुन अन्य कलेजलाई आग्रह गरेपनि समय व्यवस्ताले सहभागी हुन नसकेको केसीले जानकारी दिए । 

आईसीटी मेला हुनुभन्दा अगाडि गत हप्ता कलेजले प्रि(इभेन्टको रूपमा मेन्टरसीपसहित २ दिने युआईयुएक्स  प्रतियोगिता समेत सञ्चालन गरेको थियो । यसमा अन्य कलेजका विद्यार्थी पनि सहभागी भएका थिए । आईसीटीमा करियर बनाउने इच्छुकलाई आईसीटी मेला उपयोगी हुनेछ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal