(Monday , 13 May,2024)

जनकपुरधामका छठ घाट छट पर्वको लागी बेहुलीझैँ सिँगारिए 

NepalNewsLine

NepalNewsLine

Image 1

१ मंसिर, जनकपुरधाम - जनकपुरधाममा सोमबार छठ घाट बेहुलीझैँ सिँगारिएका छन् । जनकपुरका गंगासागर, धनुष सागर, अग्नि कुण्ड, अङ्गराजसर, दशरथ तलाउसहितका पोखरीहरूलाई छठ पूजाको लागि झकिझकाउ बनाइएको हो ।

आइतबार अस्ताउँदो सूर्यलाई अर्घ दिनका लागि पोखरीका डिलमा बाँस र कपडाको पण्डाल बनाइ झिलिमिली बत्ती जडान गरिएको छ ।  स्थानीय युवा क्लब र संस्थाको सक्रियतामा जनकपुरका अधिकांश पोखरी तथा सरोवरका घाट सिँगारिएको हो ।

छठ पूजाको दोस्रो दिन आज खरना सम्पन्न भएको छ । आइतबार बिहानैदेखि जनकपुरधामका छठ घाटहरूमा व्रतालुहरू पुग्ने छन् । साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिँदै सोमबार उदाउँदो सूर्यलाई अर्घ दिई छठ पूजा सम्पन्न हुनेछ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal