(Tuesday , 26 November,2024)

मन्त्रिपरिषद् बैठकमा उपेन्द्र यादव अनुपस्थित

NepalNewsLine

NepalNewsLine

Image 1

काठमाडौँ । उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव मन्त्रिपरिषद् बैठकमा अनुपस्थित भएका छन् । यादव अमेरिका भ्रमणबाट फर्किएपछि बसेको पहिलो मन्त्रिपरिषद् बैठकमा उनको अनुपस्थितिलाई अर्थपूर्ण रुपमा हेरिएको छ । 

यादव विदेश हुँदैमा उनी नेतृत्वको जसपा नेपाल विभाजित भएको थियो । आइतबार अशोक राईको नेतृत्वमा जसपा विभाजित बनेपछि निर्वाचन आयोगले सोमबार आधिकारिकता दिएको थियो ।  यादव विदेशमै रहेको बेलामा राईको नेतृत्वमा जसपा नेपाल विभाजित हुँदा यसमा सत्तारुढ एमाले र माओवादी केन्द्रको हात रहेको आरोप लाग्दै आएको छ ।

यस्तैमा यादव आजको मन्त्रिपरिषद् बैठकमा समेत अनुपस्थित बनेका हुन् । यादव बैठक छाडेर पार्टी कार्यालयमै नेता तथा कार्यकर्तासँग भेटघाटमा रहेको एक नेताले बताए ।  यादवबिनैको मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा जारी रहेको छ ।
 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal