(Saturday , 11 May,2024)

समाजवादी मोर्चाले कर्णाली प्रदेश समन्वय समिति गर्‍यो घोषणा 

NepalNewsLine

NepalNewsLine

Image 1

१४ भाद्र, सुर्खेत - समाजवादी मोर्चा नेपालले कर्णाली प्रदेश समन्वय समितिको घोषणा गरेको छ । प्रदेश राजधानी वीरेन्द्रनगरमा बिहीबार आयोजित सन्देश सभामा मोर्चाले समन्वय समितिको घोषणा गरेको हो ।

समितिमा समाजवादी मोर्चामा आवद्ध दलको सिफारिसमा तीनतीन जना सदस्य रहेका छन् । जसमा नेकपा माओवादी केन्द्रबाट प्रदेश अध्यक्ष बिमला केसी, कृष्ण बहादुर जिसी र दिनेश चँदारा रहेका छन् ।

त्यस्तै नेकपा (एकीकृत समाजवादी) बाट पार्टीका उपमहासचिव समेत रहेका प्रकाश ज्वाला, प्रदेश अध्यक्ष अमर बहादुर थापा र ठगेन्द्र पुरी सदस्य रहेका छन् ।

नेकपाको तर्फबाट बिराट सी, पौरख सी र सभ्यता सी तथा जसपाबाट देवीराज न्यौपाने, गगन बहादुर सारु र सन्तोषी विक सदस्य रहेका छन् ।

समाजवादी मोर्चाको कर्णाली प्रदेशको सन्देश सभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवलगायतका नेताहरु सहभागी छन्।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal