(Saturday , 11 May,2024)

‘जनतासँग माओवादी’ अभियानको तयारी पूरा, कहाँ खटिए पदाधिकारी ?

NepalNewsLine

NepalNewsLine

Image 1

१५ भाद्र, काठमाडौं - नेकपा माओवादी केन्द्रले ‘जनतासँग माओवादी तीन महिने अभियानको तयारी पूरा भएको जनाएको छ ।

पार्टी कार्यालय पेरिसडाँडा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले सबै जिल्लाहरूमा प्रतिनिधि खटाइसकेको बताए ।

पार्टीका सबै पदाधिकारीलाई जिम्मेवारी तोकेर माओवादीले जिल्ला जिल्ला पठाएको छ । उनले प्रधानमन्त्री एवं अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भव्य समारोहबीच चन्द्रागिरी-२ स्थित घट्टेडाँडा पार्क, वरिष्ठ उपाध्यक्ष नारायकाजी श्रेष्ठ ललितपुर महानगरपालिका २८ हरिसिद्धी, उपाध्यक्ष कृष्णबहादुर महरा सुनछहरी गाउँपालिका रोल्पा, उपाध्यक्ष अग्नि सापकोटा लिसंखुपाखर गाउँपालिका ३, उपाध्यक्ष पम्फा भुसाल ललितपुर महानगरपालिका २२ मा खटिने बताए ।

यस्तै, महासचिव देव गुरुङ सुन्दरबजार नगरपालिका-८ लमजुङ, उपमहासचिव गिरिराजमणि पोखरेल गोकर्णेश्वर नगरपालिका-४ काठमाडौं, उपमहासचिव हरिबोल गजुरेल सिन्धुली, जनार्दन शर्मा चन्द्रागिरी-२, शक्ति बस्नेत भेरी नगरपालिका जाजरकोट, मातृका यादव वीरेन्द्रनगर नगरपालिका-१ सुर्खेतमा खटिने बताए ।

सचिवमा दिनानाथ शर्मा बाग्लुङ, डिलाराम आचार्य धनगढी उपमहानगरपालिका-१६, चक्रपाणि खनाल विराटनगर महानगरपालिका-१८, देवेन्द्र पौडेल पोखरा महानगरपालिका-२०, लीलामणि पोखरेल महोत्तरी, गणेश साहलाई काठमाडौं महानगरपालिका-१० मा खटाइएको छ ।

सापकोटाले अभियानमा जनताको सुझाव, आलोचना सुनेर अघि बढ्ने बताए । अभियानको क्रममा कुनै घर पनि नछाडी पार्टीको नेताहरु जाने बताए ।
 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal