(Saturday , 11 May,2024)

एमाले लुम्बिनी प्रदेश अधिवेशन सुरु

NepalNewsLine

NepalNewsLine

Image 1

१६ भाद्र, रुपन्देही - नेकपा एमाले लुम्बिनी प्रदेशको पहिलो अधिवेशन बुटवलस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा सुरु भएको छ ।

अधिवेशनस्थलमा सबै प्रतिनिधि, कार्यकर्ता तथा शुभेच्छुकहरू पुगिसकेका छन् । अधिवेशन उद्घाटनका लागि पार्टीका केन्द्रीय अध्यक्ष केपी शर्मा ओली बुटवल आइसकेका छन् ।

अधिवेशन उद्घाटनअघि विभिन्न क्षेत्रबाट निकालिएका र्‍याली कार्यक्रमस्थल आएका छन् । सम्मेलन केन्द्र परिसरमा खचाखच एमाले कार्यकर्ताले भरिएको छ ।

कार्यक्रममा अध्यक्ष ओलीसहित उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, केन्द्रीय सचिव तथा प्रदेश इन्चार्ज पद्मा अर्याल, सचिवहरू छविलाल विश्वकर्मा, गोकर्ण विष्ट लगायतका नेताहरू बुटवलमा आएका छन् ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal