(Sunday , 12 May,2024)

एमाले कर्णाली प्रदेश अधिबेशन चुनावी प्रक्रियामा जाने, अध्यक्षका लागि चार जनाको उम्मेदवारी दर्ता

NepalNewsLine

NepalNewsLine

Image 1

१२ असोज, सुर्खेत - नेकपा एमाले कर्णाली प्रदेशको अध्यक्षका लागि चार जनाको उम्मेदवारी दर्ता भएको छ ।

शुक्रबार जारी मनोनयन दर्तामा प्रदेश अध्यक्षमा हालसम्म चार जनाले उम्मेदवारी दर्ता गराएका हुन् । 

निर्वाचन अधिकृत मातृका खनालका अनुसार अध्यक्षमा गुलावजंग शाह, मीन बहादुर शाही, राजबहादुर सिंह र प्रेमबहादुर सिंहले उम्मेदवारी दर्ता गराएका हुन् । 

एमाले कर्णाली प्रदेशको नयाँ नेतृत्वका लागि उम्मेदवारी दर्ता जारी रहेको छ । नयाँ नेतृत्वमा सर्वसम्मति नभएपछि निर्वाचन हुन लागेको हो ।

एमाले कर्णाली अधिवेशनले १३५ सदस्यीय कमिटी निर्वाचित गर्नेछन् ।  

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal