(Sunday , 12 May,2024)

शिक्षक  महासंघविरुद्ध संघर्ष गर्ने राहत शिक्षकहरूको चेतावनी 

NepalNewsLine

NepalNewsLine

Image 1

१० असोज, काठमाडौँ - आन्दोलनरत राहत शिक्षकहरूले शिक्षक महासंघले धोका दिएको निष्कर्ष निकालेका छन् । राहत शिक्षकहरूले अब महासंघ खारेजीको माग राखेर संघर्ष गर्ने चेतावनी दिएका छन् । 

शिक्षा मन्त्रालयमा बुधबार भएको अनौपचारिक छलफलपछि राहत शिक्षक केन्द्रीय समितिका अध्यक्ष खेमराज अधिकारीले महासंघले खेल खेलेको बताए ।

‘महासंघले खेल खेलेको छ । शिक्षक महासंघ खारेजी हुनुपर्छ भनेर संघर्ष गर्छौं,’ उनले भने । 

महासंघकी अध्यक्ष कमला तुलाधर कसैले चाहेर महासंघ खारेज नहुने बताउँछिन् । र, राहत शिक्षकको माग सम्बोधन गरेको उनी बताउँछिन् ।

‘कसैले खारेज गर्छौं भनेर महासंघ खारेज हुन्छ रु हामीले राहत शिक्षकलाई धोका दिएको छैन । ७५ प्रतिशत पुर्‍याएको छ । कसरी धोका हुन्छ रु थप सहजीकरण पनि गरिरहेका छौँ,’ उनले भनिन् । 

गत ५ असोजमा महासंघले सरकारसँग ६ बुँदे सम्झौता गरेको थियो । उक्त सम्झौतमा राहत शिक्षकले विरोध जनाउँदै आएका छन् ।

२०७५ सालभन्दा अगाडिका ४० हजार शिक्षकहरू विस्थापित नहुने गरी ऐन बन्नुपर्ने माग राहत शिक्षकहरूको छ । शिक्षा विधेयकमा ५० प्रतिशत आन्तरिक र ५० प्रतिशत खुला गर्ने थियो ।

६ असोजको सहमतिमा ७५ प्रतिशत आन्तरिक र २५ प्रतिशत खुला गर्ने सहमति भएको छ । तर, यसमा राहत शिक्षक सहमत छैनन् ।

शतप्रशित नै आन्तरिक हुनुपर्ने र शिक्षा सेवा आयोगको परीक्षामा असफल भए आर्थिक सहयोग दिएर बिदा दिनुपर्ने माग राहत शिक्षकको छ । ‘

४० हजार शिक्षकको ७५ प्रतिशतको सट्टा शतप्रतिशत हुनुपर्छ । परीक्षामा असफल भए आर्थिक सहयोग दिएर बिदा गर्नुपर्छ भन्ने माग हो,’ अधिकारी भन्छन् ।

 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal