(Saturday , 11 May,2024)

प्रधानमन्त्री प्रचण्ड आज ल्हासामा, ३० सेप्टेम्बरमा स्वदेश फर्किने

NepalNewsLine

NepalNewsLine

Image 1

१० असोज, काठमाडौं - चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज ल्हासा पुगेका छन् ।

सिछ्वान एअरलाइन्स मार्फत स्थानीय समय अनुसार करिब १२ बजे प्रधानमन्त्री प्रचण्ड चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासास्थित गोंगार विमानस्थलमा अवतरण गरेका हुन् ।

गोंगार विमानस्थलमा प्रधानमन्त्री प्रचण्डलाई चिनियाँ टोलीले सांस्कृतिक झाँकीसहित स्वागत गरेको थियो ।

आज साँझ प्रधानमन्त्री प्रचण्डसँग चिनियाँ कम्युनिस्ट पार्टी सिचाङ (तिब्बत) स्वायत्त क्षेत्रीय समितिका सचिव वाङ चङ्छङ्ले भेटवार्ता गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री प्रचण्ड आजै साँझ वाङले आयोजना गरेको रात्रीभोजमा सहभागी हुनेछन् ।

तिब्बतमा रहँदा प्रधानमन्त्री प्रचण्डले कैलाश मानसरोवर एवं कैलाश पर्वत र ल्हासाका लागि नेपालको महावाणिज्यदूतको कार्यालय भ्रमण गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री प्रचण्डका साथ परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउद, खानेपानी तथा सरसफाइ मन्त्री महिन्द्र राय यादव, भौतिक पूर्वाधार एवं यातायातमन्त्री प्रकाश ज्वाला लगायत छन् ।

प्रधानमन्त्री प्रचण्ड ल्हासाबाट ३० सेप्टेम्बरमा स्वदेश फर्किने कार्यक्रम छ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal