(Saturday , 11 May,2024)

विपन्न परिवार नै नबसी भत्किन थाले नमुना बस्ती

NepalNewsLine

NepalNewsLine

Image 1

२ असोज, दाङ - विपन्न परिवारलाई नमूना बस्ती निर्माण गर्न भन्दै आर्थिक वर्ष ०७५ सालमा दाङको बंगलाचुली गाउँपालिकाका पाँच स्थानमा ३० वटा भूकम्प प्रतिरोधी प्रिफ्याव घरहरू निर्माण गरिए ।

संघीय सरकारको दुई करोड र बंगलाचुली गाउँपालिकाको एक करोड गरी तीन करोड रुपैयाँको लागतमा घरहरु तयार भए । तर विपन्न परिवारको आवासका लागि भनेर निर्माण गरिएको नमुना बस्तीमा भने उनीहरु नै बस्न मानेनन् ।

केही घर बाहेक अधिकांश घरहरु खाली छोडिए । विपन्न परिवार नै बस्न नमानेपछि पाँच वर्षदेखि खाली रहेका नमुना बस्तीका अधिकांश घरहरू अहिले जीर्ण बनेका छन् । लामो समय प्रयोगविहीन भएका घर संरक्षण नपाउँदा भत्किन थालेका छन् ।

गाउँपालिकाको वडा नं. ५ अन्तर्गत मुर्कुटी र कमिरेचौरमा गरी गरेर गरिव तथा विपन्न परिवारका लागि १२ वटा घर बनाइएको थियो । दुई ठाउँमा गरी निर्माण भएका १२ घरमध्ये ६ वटामा मात्र परिवार बसे ।

बाँकी ६ वटा घरमा कोही बस्न मानेनन् । त्यसपछि खाली रहेका घरका भित्ताहरु चर्कनका साथै झ्याल र ढोका जीर्ण अवस्थामा छन् ।

त्यस्तै गाउँपालिकाको वडा नं. ८ हाँसीपुरमा बनाइएका घरहरु झनै जीर्ण छन् । त्यहाँ निर्माण भएका ६ वटा घरहरुमा अहिले झ्याल ढोका नै छैनन् ।

दुईवटा घरहरु भत्किएका छन् भने अन्य घरका झ्याल ढोका फुटाइएका छन् । विपन्नलाई बनाइएका नमुना बस्तीमा उनीहरु नै बस्न नमानेपछि घरहरु भत्किने अवस्थामा पुगेको वडा नं. ८ वडाध्यक्ष झविन्द्र गाहामगर बताउँछन् ।

‘जसका लागि घर बनाइए उनीहरु नै बस्न नमानेपछि घरहरु प्रयोग विहीन भए’ उनले भने, ‘लामो समयसम्म खाली छोडिएपछि घरले संरक्षण पाएनन्, त्यही कारण क्रमशः भत्किदै जान थाले ।’

उनले खाली रहेका अधिकांश घरका भ्याल र ढोका नभएको बताए । केही भने भत्किने अवस्थामा पुगेको उनले सुनाए । जीर्ण बनेका ती घरहरुले छिट्टै संरक्षण नपाए छिट्टै भत्किने उनी बताउँछन् ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal