(Saturday , 11 May,2024)

अरनिको हाइवेमा सडक दुर्घटनामा परी अनेरास्ववियु सिन्धुपाल्चोकका दुई नेताको मृत्यु

NepalNewsLine

NepalNewsLine

Image 1

३० भाद्र, काठमाडौँ - अरनिको राजमार्ग अन्तर्गत सिन्धुपाल्चोकको सुकुटेमा भएको सडक दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । 

शनिवार दिउँसो १ बजे सुकुटेको घुम्ने भन्ने स्थानमा पेट्रोल ट्याङ्कर र मोटरसाइकल आपसमा ठोकिँदा अनेरास्ववियु सिन्धुपाल्चोक सह–संयोजक नवीन पाण्डे र जिल्ला कमिटी सदस्य समीर दोङ घाइते भएका थिए ।

दुर्घटनापछि उपचारका लागि धुलिखेल अस्पताल ल्याइएकोमा सोही अस्पतालमा उनीहरूको निधन भएको प्रहरीले जनाएको हो ।  

खाडीचौरबाट काठमाडौँ आउँदै गरेको ना ८ ख ३७५ नम्बरको पेट्रोल ट्याङ्कर र खाडीचौरतर्फ गइरहेको प्रदेश २ ०३१ प ५९७६ नम्बरको मोटरसाइकल आपसमा ठोकिएर दुर्घटना भएको प्रहरी कार्यालय बलेफीले जानकारी दिएको छ । ट्याङ्कर चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal