(Saturday , 11 May,2024)

योग्यतम व्यक्तिलाई कार्यभार सुम्पिएर अझै २० वर्ष सक्रिय रहेर तर देश चलाउन सघाउँछु – केपी ओली 

NepalNewsLine

NepalNewsLine

Image 1

३० भाद्र, काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू सक्रिय रहँदा रहँदै योग्य व्यक्तिलाई पार्टीको नेतृत्व सुम्पिएर देश चलाउन जिम्मा दिने घोषणा गरेका छन् ।

‘बा सँग बालबालिका’ कार्यक्रममा किशोर किशोरीहरुका प्रश्नको जवाफ दिने क्रममा ओलीले अझै २० वर्ष आफू सक्रिय रहने बताए । तर सक्रिय रहेकै बेला नेतृत्व हस्तान्तरण गर्ने योजना समेत सुनाए ।

तपाईको अनुपस्थितिमा कसले नेतृत्व गरोस् भन्ने प्रश्नमा ओलीले भने– मेरो अनुपस्थिति अझै २० वर्ष हुँदैन । म पहिले अलि बिरामी थिएँ अहिले ठिक छु ।

दोस्रोपटक प्रत्यारोपण गरेको किड्नीले राम्रोसँग काम गरिरहेको छ । म २० वर्ष सक्रिय रहन्छु भन्नुको मतलब म नेतृत्व ओगटेर बस्छु भन्ने होइन । आफू सक्रिय रहेकै बेला योग्य व्यक्तिलाई कार्यभार सुम्पिएर देश चलाउन सहयोग गर्छु ।

ओलीले आफ्नो पिता अहिले पनि दिनमा दुई तीन किलोमिटर बिना लौरो हिड्ने गरेको भन्दै २० वर्षसम्म आफू सक्रिय रहने बताए । उनले यसबीचमै नेतृत्वमा नयाँ व्यक्तिलाई ल्याएर सहयोग गर्ने समेत बताए ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal