(Saturday , 11 May,2024)

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सातै प्रदेशका श्रममन्त्रीहरुको संयुक्त बैठक सुरु

NepalNewsLine

NepalNewsLine

Image 1

२७ भाद्र, काठमाण्डौं- सातै प्रदेशका श्रम मन्त्रीहरुको संयुक्त बैठक सुरु भएको छ । श्रम मामिलासँग सम्बन्धित क्षेत्रमा संघीय, प्रदेश र स्थानीय तहबीच समन्वय गरी नीति तथा कानुनमा एकरुपता ल्याउन भन्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा बैठक सुरु भएको हो ।

संघीय श्रममन्त्री शरदसिंह भण्डारीको अध्यक्षतामा पहिलो पटक विषयगत समितिको बैठक बसेको हो ।

बैडकमा व्यावसायिक सीप, श्रम सम्बन्ध, व्यवसायजन्य सुरक्षा र सामाजिक सुरक्षा, वैदेशिक रोजगारीको राहत, उद्धार, सहयोग, कल्याणकारी कार्य एवं श्रम स्वीकृति, आन्तरिक रोजगारी सिर्जना र प्रधानमन्त्री रोजगार कार्यक्रमको विद्यमान अवस्था र अपेक्षित सहकार्य, सुरक्षित आप्रवासन कार्यक्रमको विद्यमान अवस्था र आगामी चरणमा तीनै तहका सरकारबीच अपेक्षित सहकार्यसम्बन्धी एजेन्डा राखिएको छ ।

संघ, प्रदेश र स्थानीय तह ऐन २०७७ अनुसार प्रधानमन्त्रीको अध्यक्षतामा राष्ट्रिय समन्वय परिषद्‌को गठन गरिएको छ । सोही ऐनले विषयगत समितिको व्यवस्था गरिएको छ । ‘विषयगत बैठकले श्रम विषयसँग सम्बन्धित क्षेत्रको योजना, नीति तथा कानुनको तर्जुमा गर्दा प्रदेश तथा स्थानीय तहसँग एकरुपता बनाउन सहज हुने, श्रममन्त्री भण्डारीले भने ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal