(Sunday , 12 May,2024)

नेपाली कांग्रेसको महाधिवेशन २०८२ मा भइसक्ने गगन थापा दावी

NepalNewsLine

NepalNewsLine

Image 1

२७ भाद्र, काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाली कांग्रेसको महाधिवेशन २०८२ मंसिरयता नै भइसक्ने दावी गरेका छन्। बुधबार पोखरामा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै उनले महाधिवेशन मंसिर उता जान नदिइने बताए। 

थापाले महाधिवेशनका लागि आधारभूत कुरा क्रियाशील सदस्यता भएको र आफू त्यसको संयोजक रहेको स्मरण गराए।

यसअघि महाधिवेशन नजिकिइसक्दा समेत क्रियाशील सदस्यताको किचलोले महाधिवेशन नै अन्योलमा पर्ने गरेको थियो। पोखरामा थापाले २०८२ सालको वैशाख १ गतेबाट नेपाली कांग्रेसको क्रियाशील सदस्यताको बारेमा एउटा काम पनि नहुने बताए।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal