(Sunday , 12 May,2024)

हेटौँडामा आइतबार समाजवादी मोर्चाको ‘सन्देश सभा’

NepalNewsLine

NepalNewsLine

Image 1

२३ भाद्र, हेटौँडा - समाजवादी मोर्चाले आइतबार हेटौंडामा सन्देशसभा आयोजना गर्ने भएको छ । मोर्चाले शनिबार हेटौंडामा आयोजित पत्रकार सम्मेलनमार्फत सो कुराको जानकारी दिइएको हो ।  

७ वटै प्रदेशमा सन्देशसभा गर्ने मोर्चाको निर्णयअनुसार आइतबार हेटौंडामा सभा आयोजना हुने नेकपा एकीकृत समाजवादी बागमती प्रदेश अध्यक्ष सावित्री भुषालले जानकारी दिइन् ।

प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितीमा मोर्चाले सन्देश सभा आयोजना गर्ने समेत भुषालले जानकारी दिइन् ।

सन्देशसभा हेटौंडा–४ स्थित रोयल पार्टी प्यालेसमा दिउँसो २ बजे हुने उनको भनाइ छ ।  उनका अनुसार सन्देश सभामा प्रधानमन्त्री प्रचण्डसहित नेकपाका अध्यक्ष नेत्रविक्रम चन्द ‘विप्लव’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सम्बोधन गर्नेछन् ।

सभामा पार्टी संगठनका शीर्ष नेताहरु समेत उपस्थित हुने र सभालार्ई सम्बोधन गर्ने तय भएको उनको भनाइ छ । उनले समाजवादी मोर्चाको महत्वको विषयमा वक्ताहरुले आफ्नो भनाइ राख्ने कार्यक्रम रहेको स्पष्ट पारिन् ।

सन्देशसभाको संयोजन तथा आयोजना एकीकृत समाजवादीले गरेको र सभाको सम्पूर्ण तयारी पूरा भएको उनको भनाइ छ । 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal