(Saturday , 11 May,2024)

राष्ट्रिय सभाको बैठक अनिश्चितकालका लागि स्थगित

NepalNewsLine

NepalNewsLine

Image 1

२२ भदौ, काठमाडौं - राष्ट्रिय सभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।

भदौ २४ गते बिहान ११ बजेका लागि बोलाइएको बैठक अर्को सूचना जारी नभए सम्मका लागि स्थगित भएको छ ।

अर्को बैठकको मिति र समय राष्ट्रिय सभाको अध्यक्ष गणेश प्रसाद तिमिल्सनाले पछि निर्धारण गर्ने गरी अनिश्चितकालका लागि स्थगित भएको संसद सचिवालयले जनाएको छ ।

संसद सचिवालयका महासचिव भरतराज गौतमले विज्ञप्ती निकालेर राष्ट्रिय सभाको अध्यक्षले अर्को सूचनाद्धारा तोक्ने मिति र समयमा बस्ने गरी बैठक स्थगित गरेको जानकारी दिएका छन् ।

राष्ट्रिय सभामा ३ वटा बिद्येयकहरु बिचाराधीन छ । अध्यागमन बिधेयक बिद्यायन ब्यबस्थापन समितिमा दफावार छलफल गरि प्रतिवेदन सभामा पेश भइसकेको छ ।

विद्युतीय कारोबार सम्बन्धी बिद्येयक र राष्ट्रिय मर्यादा सम्बन्धी बिद्येयक विधायन व्यवस्थपन समितिमा दफावार छलफलमा छ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal