(Saturday , 11 May,2024)

गृहमन्त्रीको राजीनामा माग्दै शान्ति वाटिकामा तरुण दलको प्रदर्शन 

NepalNewsLine

NepalNewsLine

Image 1

२२ भाद्र, काठमाडौं - तरुण दलका पूर्व अध्यक्ष समेत रहेका यादवलाई रिपोर्टर्स क्लबको कार्यक्रमबाट बाहिरिने क्रममा बुधबार खुकुरी प्रहार भएको थियो ।

उक्त घटनाको विरोधमा कांग्रेस भ्रातृ संस्था तरुण दलले काठमाडौंको रत्नपार्कस्थित शान्ति बाटिकामा विरोध प्रदर्शन गरेको हो ।

तरुण दलले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा पनि मागेको छ ।

तरुण दलको बिहीबार बसेको केन्द्रीय समितिको बैठकले देशभर विरोध गर्ने निर्णय गरेको थियो ।

आक्रमणबाट घाइते यादवको टाउको पछाडि भागमा चोट लागेको छ । उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

     
 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal