(Sunday , 12 May,2024)

कान्ति बाल अस्पतालका निर्देशकमाथि छानबिन गर्न सांसद बर्ताैलाको माग

NepalNewsLine

NepalNewsLine

Image 1

२१ भाद्र, काठमाडौँ - एमाले सांसद महेश बर्तौलाले कान्ति बाल अस्पतालको लापरबाहीका कारण ५ बर्षीया बालिकाको निधन भएको भन्दै त्यसको जिम्मेवारी अस्पतालका निर्देशकले लिनुपर्ने बताएका छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै बर्तौलाले रेजिशा गोपालीको चरम लापरबाहीका कारण मृत्यु भएको भन्दै यो घटनाको जिम्मेवारी अस्पताल प्रशासनले लिनुपर्ने बताए । 

‘यो घटनाको जिम्मेवारी अस्पतालका निर्देशकले लिनुपर्छ कि पर्दैन रु’, प्रश्न गर्दै उनले भने, ‘त्यतिमात्रै होइन स्वास्थ्यमन्त्रीले यो संसदमा आएर यो बताउनुपर्थ्यो । देशभरका अस्पतालमा यस्ता बेथिति भइरहेको आइरहेको छ ।’

उनले सांसदमार्फत सरकारलाई कान्ति बाल अस्पतालका निर्देशक र अस्पताल व्यवस्थापन समितिमाथि अनुसन्धान गर्दै दोषीलाई कारबाही गर्न माग गरेका छन् । साथै उनले पीडितलाई न्याय दिन र यस्ता घटना दोहोरिन नदिनतर्फ सरकारको ध्यानाकर्षण गराए ।

त्यस्तै डा।चन्दा कार्कीले पनि सरकारको गैर जिम्मेवारी व्यवहारका कारण रेजिशाको मृत्यु भएको भन्दै निकम्मा सरकारले रेशिजाजस्ता धेरै बिरामीको मृत्यु भइरहेको बताइन् । उनले पनि रेजिशा मृत्यु प्रकरणबारे निष्पक्ष छानबिन माग गरिन् ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal