(Sunday , 12 May,2024)

एमाले लुम्बिनी प्रदेश अधिवेशन मा १ हजार चारमध्ये ९६५ मत खस्यो

NepalNewsLine

NepalNewsLine

Image 1

१९ भाद, बुटवल - नेकपा एमाले लुम्बिनी प्रदेशको नयाँ नेतृत्वका लागि भएको मतदानमा नौ सय ६५ मत खसेको छ । 

मंगलबार बिहान पौने नौ बजेबाट सुरु भएको मतदान दिउँसो पौने ३ बजे सकिएको निर्वाचन समिति सदस्य विष्णुप्रसाद खनालले जानकारी दिए । 

अधिवेशनमा एक हजार ४ जना मतदाता रहेका थिए । 

मतदान सकिएपछि मुचुल्का उठाएर मतगणना प्रक्रिया सुरु गर्ने निर्वाचन मण्डलले जनाएको छ ।

प्रदेश कमिटीको अध्यक्षका लागि वर्तमान अध्यक्ष राधाकृष्ण कँडेल र केन्द्रीय सदस्य हरि रिजाल प्रतिस्पर्धामा छन् ।

कँडेल पाल्पाका हुन् भने, रिजाल प्युठानमा हुन् । पदाधिकारी र सदस्यसहित २०५ को प्रदेश कमिटीका लागि ३६४ जना प्रतिस्पर्धामा उत्रेका थिए । 

लुम्बिनीका १२ मध्ये ८ जिल्लाका लागि सदस्यहरु निर्विरोध निर्वाचित भइसकेका छन् ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal