(Sunday , 12 May,2024)

एकीकृत समाजवादीले बनायो एमसीसी अनुगमन समिति

NepalNewsLine

NepalNewsLine

Image 1

१८ भाद्र, काठमाडौं - नेकपा एकीकृत समाजवादीले अमेरिकी सहयोग परियोजना एमसीसी कार्यान्वयनको अनुगमन गर्न ५ सदस्यीय अनुगमन समिति बनाएको छ ।

ब्याख्यात्मक घोषणालाई सम्झौताको अंग बनाएको वा नबनाएको अनुगमन गर्ने र संसदीय अनुगमनका लागि दबाब दिने उद्देश्यले अनुगमन समिति बनाएको पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

सोमबार बसेको पार्टीको सचिवालय बैठकले गठन गरेको उपाध्यक्ष राजेन्द्र पाण्डे नेतृत्वको समितिको सदस्यमा उपमहासचिव गंगालाल तुलाधर, जगन्नाथ खतिवडा र गरिमा शाह रहेका छन् । अर्का एक सदस्य भने विषयविज्ञ रहने खतिवडाले बताए ।

एकीकृत समाजवादीले संयुक्त राष्ट्रसंघको महासभा र चीन भ्रमणको एजेण्डाबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्ने निर्णय पनि गरेको छ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal