१८ भाद्र, काठमाडौं - एसिया कप क्रिकेटमा नेपालले भारतविरुद्धको खेलमा चौथो विकेट गुमाएको छ ।
२१.५ ओभरमा १०५ रन बनाउँदा नेपालले ४ विकेट गुमाएको हो ।
नेपालका कुशल मल्ललाई भारतीय बलर रवीन्द्र जडेजाले आउट गरेका हुन् ।
उनले जम्मा २ रन जोडेका थिए । यसअघि कप्तान रोहित पौडेल ५, भीम सार्की ७ र कुशल भुर्तेल ३८ रनमा आउट भएका थिए ।
प्रतिक्रिया