(Sunday , 12 May,2024)

प्रचण्डको भारत भ्रमण प्रति ओलीको कटाक्ष

NepalNewsLine

NepalNewsLine

Image 1

१६ भाद्र, बुटवल - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केही महिना अघि गरेको भारत भ्रमणप्रति कटाक्ष गरेका छन् । 

शनिवार बुटवलमा भएको एमाले लुम्बिनी प्रदेशको अधिवेशन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले ईपीजीको प्रतिवेदनको बारेमा भारतसँग प्रधानमन्त्री कुरा नगरेको भन्दै ओलीले व्यङ्ग्य गरेका छन् । 

कार्यक्रममा उनले भने–‘ईपीजीको प्रतिवेदनको बारेमा किन नभनेको भन्दा सोध्दा रिसाउँछन् कि भनेर नभनेको रे । अनि त्यो राँगा लिन अरूलाई पठाएको भए हुँदैनथ्यो प्रधानमन्त्रीले, राँगा डोर्‍याउँनुपर्छ त रु अब दिइहाले त के गर्ने र ? कस्तो नमिलेको, गेरु वस्त्र लगाएको छ, मुर्रा राँगा तानेको छ । गेरु वस्त्र धारणम, मुर्रा राँगा ताननम् । यस्ता खालका प्रधानमन्त्री ।’

प्रधानमन्त्री प्रचण्डले ३ महिनाअघि गरेको भारत भ्रमणको विषयलाई लिएर एमाले अध्यक्ष ओलीले कटाक्ष गरेका हुन् । प्रचण्ड गत जेठ १७ गते भारत भ्रमणमा गएका थिए । कार्यक्रममा अध्यक्ष ओलीले एमालेले देशको स्वाधिनता, स्वतन्त्रता, भौगोलिक अंखण्डा हुनुपर्छ भन्ने मान्यता राख्ने र राष्ट्रिय स्वाभिमानलाई तल गिर्न नदिने बताए । उनले सरकारले लिम्पिुराधुरासँग बंगलादेश जाने बाटो साट्ने कुरा गरेको बताउँदै त्यस्तो गर्न नसकिने उल्लेख गरे । 

उनले एमालेको सरकार ढाल्न नसकेर अदालतमा गएर ढालेको आरोप लगाउँदै वामपन्थीको खोल ओढेकाहरूले दक्षिणपन्थीसँग मिलेर एमालेको सरकार ढालेको आरोप लगाए । उनले प्रचण्डले हिंसा छोडे पनि विप्लवलाई शान्ति प्रक्रियामा ल्याएको, सिके राउतलाई राजनीतिको मूलधारमा एमालेले ल्याएको बताए । अध्यक्ष ओली आफू प्रधानमन्त्री भएको बेला संविधानको सर्वस्वीकार्यता गराउने काम, देशको गुमेको भाग नक्सामा समेटेर भारतलाई पत्राचार गरेको उल्लेख गरे ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal