(Saturday , 11 May,2024)

कोशी सरकारको आधिकारिकता विवाद पूर्ण इजलासमा पठाउन आदेश

NepalNewsLine

NepalNewsLine

Image 1

 काठमाडौं- कोशी प्रदेशको आधिकारिकता सम्बन्धी विवाद सर्वोच्च अदातलको पूर्ण इजलासमा पेस हुने भएको छ ।

 आज न्यायाधीशद्वय सपना प्रधान मल्ल र सुष्मालता माथेमाको संयुक्त इजलासले मुद्दामा जटिल कानुनी प्रश्न समावेश भएको भन्दै त्यसको निराकरण पूर्ण इजलासबाट हुन उपयुक्त हुने आदेश दिएको हो । 

मुद्दाको अर्को पेशी यही भदौ १८ गते (सोमबार) लाई तोकिएको छ ।

कोशीका मुख्यमन्त्री उद्धव थापाले सभाध्यक्षको भूमिकामा रहेका प्रदेशसभा सदस्य इस्राइल मन्सुरीको समेत मत लिएर विश्वासको मत पाएका थिए । तर सभाध्यक्षले विश्वासको मत दिनु असंवैधानिक भन्दै एमाले संसदीय दलका नेता

हिक्मतकुमार कार्कीले सर्वोच्च अदालतमा रिट दिएका थिए ।

सो रिटमा प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले ७ भदौमा कोशी सरकारलाई दीर्घकालीन असर पार्ने निर्णय नगर्न अन्तरिम आदेश दिएको थियो ।

यसअघि कोशी सरकारको आधिकारिकता विवादसम्बन्धी मुद्दा सर्वोच्च अदालतको पूर्ण इजलासले सुनुवाइ गरेको थियो । तत्कालिन सभामुख बाबुराम गौतमको समर्थन लिएर उद्धव थापा मुख्यमन्त्री नियुक्त भएको विवाद न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासले सुनुवाइ गरेको थियो ।

हेर्नुहोस् आदेश

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal