(Saturday , 11 May,2024)

एमालेका शीर्ष नेता चढेको बुद्ध एयरको जहाज जनकपुर अवतरण गर्न नसकेपछि काठमाडौं फिर्ता

NepalNewsLine

NepalNewsLine

Image 1

१३ भाद्र, काठमाडौं - नेकपा एमालेका शीर्ष नेताहरूलाई लिएर जनकपुर उडेको बुद्ध एयरको जहाजमा प्राविधिक समस्या देखिएपछि काठमाडौं फर्काइएको छ ।

जनकपुरधाम विमानस्थलमा अवतरण गर्ने बेलामा जहाजमा समस्या देखिएपछि काठमाडौं फर्काइएको बुद्ध एयरले जनाएको छ ।

सो जहाजमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू सुवास नेम्वाङ, विष्णु पौडेल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य,  उपमहासचिव प्रदीप ज्ञवाली, विष्णु रिमाल, अमृत बोहरा लगायतका नेता सिरहा बैठकका लागि जाँदै थिए ।

बुद्ध एयरले उडान नम्बर ५०१ जहाज ९ एन एजेडओमा प्राविधिक समस्या देखिएकाले काठमाडौंमा अवतरण गराई अर्को जहाजमा जनकपुर पठाउन लागिएको जनाएको छ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal