(Sunday , 12 May,2024)

राष्ट्रिय संस्कृति नीति बनाउन आयोग गठन गरौं, अतिवादलाई प्रश्रय नदिऔं : वर्षमान पुन

NepalNewsLine

NepalNewsLine

Image 1

१२,भाद्र, काठमाडौं - नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले नेपालको राष्ट्रिय संस्कृति नीति कस्तो हुने भन्नेबारे अध्ययन गरिनुपर्ने बताएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै संस्कृति नीति तयार पार्न आवश्यक भएको बताए ।

उनले भने, ‘नागरिकको धार्मिक र सांस्कृतिक हकको प्रत्याभूत गर्न र समय–समयमा देखापर्ने साम्प्रदायिक हिंसालगायतका अवस्थालाई सम्बोधन गर्न कानुनी ढङ्गले नै यसलाई निरुपण गर्नुपर्ने हुन्छ । त्यसका लागि सरकारले एक शक्तिशाली आयोग बनाई यी विषयको अध्ययन अनुसन्धान गरी राष्ट्रिय संस्कृति नीति के हुने र कस्तो हुने भन्नेजस्ता कुराहरु व्यवस्थित गर्नलाई आयोगमार्फत नीति बनोस् ।’

नेपाल बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक विविधतायुक्त देशका रुपमा रहने गरी संवैधानिक व्यवस्था रहेको बताए । विभिन्न समयका राजनीतिक परिवर्तनपछि धर्म निरपेक्षता, गणतन्त्र, संघीयता र समानुपातिक शासन व्यवस्था कायम भएकामा अहिले समाजमा विभिन्न किसिमका अतिवाद देखिपरेको उल्लेख गर्दै समस्या समाधानका लागि सरकार गम्भीर हुनुपर्ने बताए ।

कुनै पनि राजनीतिक दल, धार्मिक समुदायले अतिवादलाई प्रश्रय दिन नहुनेमा उनको भनाइ छ । विभेदरहित समाजका लागि सबै पक्ष एकजुट हुनुपर्ने बताए । सामाजिक न्याय र सुशासनको प्रत्याभूति दिलाउन राज्यशक्तिको दुरुपयोग हुन नहुने पनि बताउँदै कसैलाई आग्रह र पूर्वाग्रह राखेर सरकारले काम गर्न नहुने उनको भनाइ छ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal