(Sunday , 12 May,2024)

विश्वमा पहिलो पटक अजिङ्गरमा पाइने किरा मानिसको मस्तिष्कमा जिउँदै भेटियो

NepalNewsLine

NepalNewsLine

Image 1

एजेन्सी - विश्वमा पहिलो पटक अस्ट्रेलियामा एक महिलाको मस्तिष्कमा आठ सेन्टिमिटरको जिउँदो किरा भेटिएको वैज्ञानिकले जानकारी दिएका छन् । 

यी महिला मूलतः इङ्गल्यान्डकी हुन् । गत वर्ष क्यानबेरामा भएको एक शल्यक्रियाका बेला दिमागको अघिल्लो हिस्सामा क्षतिग्रस्त तन्तुबाट एउटा ‘तार जस्तो देखिने’ चिज निकालिएको थियो । 

यो रातो रङको किरा करिब दुई महिनासम्म महिलाको दिमागमा भएको वैज्ञानिकले अनुमान गरेका छन् । 

यस केसले जनावरबाट मानिसमा रोग र सङ्क्रमण फैलाउने जोखिम बढ्दै छ भन्ने तर्कलाई बल दिन्छ भन्दै अन्वेषकहरूले चेतावनी दिइरहेका छन् । 

क्यानबेरा अस्पतालका सङ्क्रामक रोग विशेषज्ञ डाक्टर सञ्जय सेनयेकले भने, ‘डाक्टरले महिलाको मस्तिष्कमा केही असामान्य देखे र त्यहाँबाट आठ सेन्टिमिटर लामो रातो रङको किरा निस्किएको देख्दा अपरेसन थिएटरमा भएका सबै जना हैरान थिए ।’

‘यो बिलकुलै नयाँ प्रकारको सङ्क्रमण हो, जुन आजभन्दा पहिले कुनै पनि मानिसमा पाइएको छैन ।’

डाक्टरका अनुसार यस्तो खालको किरा साधरणतया अस्ट्रेलियामा पाइने कार्पेट पाइथन नामको सर्पमा हुन्छ । 

वैज्ञानिकका अनुसार सम्भवतः ती महिला पोखरीको नजिकै बस्ने र वरिपरि फलेको  सागसब्जी खाँदा उनको दिमागमा यो किरा पुगेको हुनसक्छ । 

इमर्जिङ इन्फेक्सियस डिजिजेज जर्नलमा अस्ट्रेलियाका विज्ञ मेहराब हुसेनले महिलाले गल्तीले अजिंगरको मल र परजीवीको अण्डाले दूषित पत्तेदार चिज आएको हुनसक्ने अनुमान गरेका छन् । 

बिरामीलाई जनवरी २०२१ को अन्तिम हप्तामा अस्पतालमा भर्ना गरिएको थियो । अहिले ती महिला निको भैरहेकी छन् ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal