(Sunday , 12 May,2024)

राष्ट्रिय विकास समस्या समाधान समितिकाे बैठक सुरू

author

Anonymous

Image 1

११ भदौ, काठमाडौं । राष्ट्रिय विकास समस्या समाधान समितिको बैठक सुरू भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा  बैठक प्रारम्भ भएको हो ।

बैठकमा उपप्रधानमन्त्री तथा मन्त्रीहरु, मूख्यमन्त्रीहरु, मुख्य सचिव तथा सचिवहरुसहित राष्ट्रिय योजना आयोगका पदाधिकारी उपस्थित छन् ।  यस्तै नेपाल राष्ट्र बैंकका गभर्नर, नेपाली सेनाका सेनापति लगायतको उपस्थिति छ ।

बैठकको सुरुवातमा  योजना आयोगका उपाध्यक्ष डा। मीनबहादुर श्रेष्ठले प्रस्तुति राखेका छन् । बैठकले विकास निर्माण र मन्त्रालयगत समस्याहरू समाधानमा महत्वपूर्ण निर्णयहरू लिनेछ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal