(Sunday , 12 May,2024)

संसदीय समितिको सभापतिलाई लिएर कांग्रेसमा किचलो, शेखर–गगन समूहले दिएन नाम

NepalNewsLine

NepalNewsLine

Image 1

काठमाडौं-  नेपाली कांग्रेसभित्र संसदीय समितिका सभापतिको भागवण्डालाई लिएर तिव्र विवाद देखिएको छ ।

सभापति शेरबहादुर देउवाले सभापति चयन अघि सल्लाह नगरेको र आफूखुसी व्यक्ति छनोट गरेका आफ्नो तर्फबाट कुनै पनि व्यक्ति सभापति नहुने संस्थापनइतरले जनाएको छ ।

सत्ता गठबन्धनको भागवण्डामा कांग्रेसले राज्य व्यवस्था तथा सुशासन, संसदीय सुनुवाई, अर्थ, कृषि सहकारी तथा प्राकृतिक स्रोत गरि चार समितिको सभापति पाएको थियो ।

चारमध्ये दुई सभापति आफ्नो पक्षले प्राप्त गर्नुपर्ने अडान संस्थापनइतरले राख्दै आएको थियो । केही दिन अघि सभापतिलाई भेटेको संस्थापनइतरका नेता डा।शेखर कोइरालाले दुई जना आफ्नो तर्फबाट हुनुपर्ने कुरा राखेका थिए । महामन्त्री गगन थापाले दुई जना आफ्नो तर्फबाट नभए अस्विकार गर्नुपर्ने शेखरलाई सुझाव दिएका थिए ।

तर सभापति देउवाले एउटा समितिको सभापति मात्र शेखर गगन समूहलाई दिन चाहे । उनले संसदीय सुनुवाई समितिको सभापति शेखर–गगन समूहलाई छुट्याएका थिए ।

तर शेखर–गगन समूहले नाम दिन अस्वीकार गरेको छ । ‘जुनसुकै गुटबाट गरेपनि हुने पार्टीकै मान्छे हो । कस्तो मान्छे गर्ने, कसरी गर्नेरु व्यक्तिको नाममा गुटको भागवण्डा होला,’ संस्थापनइतरका एक नेताले भने, ‘कुन समिति लिने भन्ने कुरामा नेताहरुसँग सल्लाह नै गर्नै नपर्ने हो रु’

अरु समिति सभापतिको नाम टुंगो लगाइसकेपछि बैठक बस्नुको औचित्य नहुने उनले बताए ।

संस्थापन पक्षले राज्य व्यवस्था तथा सुशासनको सभापतिमा रामहरि खतिवडा, संसदीय सुनुवाईमा जीवन परियार, अर्थमा सन्तोष चालिसे, कृषि सहकारी तथा प्राकृतिक स्रोतमा आरजु राणाको नाम सार्वजनिक गरेको थियो । दुबै समूहको हुने गरी चालिसेलाई समेटिएको देउवा पक्षको दाबी छ ।

तर शेखर गगन समूह यसलाई स्वीकार्न तयार छैन । दुई जना आफ्नो पक्षबाट हुनुपर्ने र सभापति हुने व्यक्तिको क्षमता हेरेर छनोट गर्नुपर्ने नेताहरुको अडान छ ।

सभापति देउवाले छुट्याइदिएको समितिमा लुरुलुरु नजाने इतर पक्षका नेता बताउँछन् । ‘संसदीय सुनुवाई समिति नाम मात्रैको समिति हो । त्यसको बैठक औपचारिकताका लागि मात्रै बस्छ’ संस्थापनइतका नेता भन्छन्,‘त्यो समितिको सभापतिको काम गाडी चढ्ने बाहेक केही हुन्न ।’

समिति सभापतिका लागि सोमबार निर्वाचन समय तोकिएको छ । उम्मेदवारको दर्ता आज छ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal