(Saturday , 11 May,2024)

मेसेन्जरमा सुरु हुँदै एण्ड टू एण्ड एन्क्रिप्सन, च्याटहरू सुरक्षित हुने

NepalNewsLine

NepalNewsLine

Image 1

एजेन्सी - सोसल मिडिया प्लाटफर्म फेसबुकको मातृ कम्पनी मेटाले आफ्नो फेसबुक मेसेन्जरमा एण्ड टू एण्ड एन्क्रिप्सन फिचर सुरु गर्ने घोषणा गरेको छ ।

मेसेन्जरमा डिफल्ट रुपमै उक्त प्राइभेसी फिचर थप गर्न लागिएको एक ब्लग पोष्टमार्फत् कम्पनीले पुष्टि गरेको छ ।

कम्पनीले सन् २०२२ को जनवरीदेखि नै मेसेन्जर प्रयोगकर्तालाई ग्रुप मेसेज तथा मेसेन्जरबाट गरिने कलमा एण्ड टू एण्ड एन्क्रिप्सनको विकल्प छनोट गर्ने सुविधा दिंदै आएको छ ।

त्यस्तै सेक्रेट कन्भरसेसन मोडमा पनि यो फिच उपलब्ध छ । तर अब डिफल्ट रुपमै सो फिचर च्याटमा पनि डिफल्ट रुपमै उपलब्ध गराउने योजना कम्पनीको छ ।

मेटाले अगष्ट महिनाको सुरुआतमै फाइट फर द फ्युचरलाई पठाएको पत्रमा उक्त प्रतिबद्धता पुष्टि गरेको थियो ।

मेटाले अघिल्लो महिना मेसेन्जरमा रियल टाइम अवतारमा कल गर्न सकिने सुविधा उपलब्ध गराएको थियो ।

यसमा प्रयोगकर्ताले भिडियो कलका बेलामा समेत आफ्नो वास्तविक रुप नदेखाइकन आफ्नो अवतार प्रदर्शन गरेर बोल्न सक्दछन् ।

मेसेन्जरको एण्ड टू एण्ड एनक्रिप्सन फिचर परीक्षणका लागि केही प्रयोगकर्तालाई उपलब्ध गराउन थालिएको छ सन् २०२४ को सुरुआत सम्ममा सबैका लागि उपलब्ध हुने बताइएको छ ।

यो फिचरले प्रयोगकर्ताका मेसेन्जरमा हुने संवादलाई गोप्य तथा सुरक्षित राख्न सहयोग गर्दछ । यो फिचर लागू भएसँगै मेसेन्जर च्याटलाई प्रेषक र प्रापक बाहेक अर्को व्यक्तिले थाहा पाउन सक्दैन ।

यसलाई स्वयम् मेसेन्जरले पनि पत्ता लगाउन नसक्ने हुन्छ । यो फिचर मेटाको अर्को मेसेजिङ एप ह्वाट्सएपलगायतका प्लाटफर्महरुमा पहिलेदेखि नै उपलब्ध छ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal