(Sunday , 12 May,2024)

सिरहामा हुने भनिएको एमाले सचिवालय बैठक स्थगित

NepalNewsLine

NepalNewsLine

Image 1

८ भाद्र, काठमाडौं - नेकपा एमालेको सचिवालय बैठक स्थगित भएको छ । भोलि सिरहाको धनगढीमाई नगरपालिका– १४ अम्बासमा बस्ने भनिएको बैठक स्थगित भएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए ।

निरन्तर वर्षासँगै बाढीपहिरो आइरहेकाले जान नसकिने भएकाले बैठक स्थगित गरेको उनले बताए । अर्को बैठकको मिति चाँडै तय गर्ने उनको भनाइ छ ।

मदन भण्डारीलाई नेतृत्वमा स्थापित गरेर माओ विचारधारा विस्थापन गरेको ऐतिहासिक स्थलमा एमालेको सचिवालय बैठक बस्ने तयारी थियो ।

२०४६ साल भदौ ९ देखि १४ गतेसम्म चलेको महाधिवेशनबाट २० सदस्यीय केन्द्रीय कमिटी चयन भएको थियो ।

 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal