(Sunday , 12 May,2024)

सांसद तेजुलाल चौधरीको प्रश्न : निजमती ऐन संसदमा कहिले पेश हुन्छ ?

NepalNewsLine

NepalNewsLine

Image 1

६ भदौ, काठमाडौं - नेपाली कांग्रेसका सांसद तेजुलाल चौधरीले संघीय निजमती ऐन संसदमा चाँडो पेश गर्न माग गरेका छन् ।

बुधबार संसदको बुधबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले  संघीय निजामती ऐन संसदमा छिट्टै ल्याउन माग गरेका हुन् ।

उनले भने, ‘ संघीय निजामती ऐन १६ वर्षदेखि आएको छैन। अब सरकारले ल्याउँछु पनि भनेको छ। तर कहिले ल्याउने हो रु  निजामती ऐन चाँडोभन्दा चाँडो संसदमा पेश गरोस्।’

उनले संघीय निजामती ऐन नआउँदा थारूको पहुँच राज्‍यको निकाय हुन नसकेको बताए । उनले भने, ‘अहिले १६ वर्षदेखि निजामती ऐन  संशोधन नहुँदा समावेशीतर्फ २३ हजार  पास भए पनि थारूहरूको लागि निजमती ऐन समावेशी बन्‍न सकेको छैन । अब संसदमा कहिले पेश हुन्छ निजामती ऐन रु चाँडै पेश होस भन्‍ने माग गर्दछु। ‘

उनले उच्चस्तरीय आयोग गठन स्वागत योग्य भए पनियसको प्रतिवेदन सार्वजनिक हुनेमा शंका व्‍यक्त गरे । उनले प्रश्‍न गर्दै भने, ‘ थारू र मधेसी आन्दोलनको लागि गठन भएको न्यायाधीश गिरीशचन्द्र लालाको नेतृत्वको लाल आयोगको प्रतिवेदन किन सार्वजनिक भएन रु के लाला आयोग सरकारले गठन गरेको होइन रु तर प्रतिवेदन किन लुकाइयो रु  अब बन्‍ने आयोगको प्रतिवेदन पनि त्यस्तो नहोस्।’

यसका साथै राष्ट्रिय चिकित्सा ऐनका कारण नर्सिङ कलेजहरू बन्‍द हुन पुगेको भन्‍दै चिकित्सा शिक्षा पाउनबाट विद्यार्थी बञ्‍चित भएको गुनासो गरे । उनले भने, ‘ विद्यार्थीहरू  सरकारको एउटा निर्णयका कारण शिक्षाबाट बञ्‍चित हुन पुगेका छन्।’

उनले दिनप्रतिदिन विद्यार्थीहरू विदेश पलायन भइरहेको भन्‍दै प्रश्‍न गर्दै भने,’ के सरकारले विद्यार्थीलाई विदेश पठाउने नीति लिएको हो ?

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal