(Saturday , 11 May,2024)

महरा जोडिएको सुन तस्करी घटनाको छानबिन आयोगले गर्ने

NepalNewsLine

NepalNewsLine

Image 1

६ भाद्र, काठमाडौँ - सुन तस्करीमा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा जोडिएको घटनाको छानबिन अब आयोगले गर्ने भएको छ ।

राष्ट्रिय मान्यताप्राप्त दलहरुको बुधबार बसेको बैठकमा महरा प्रकरणसहित सुन तस्करी प्रकरणका सबै विषयको छानबिन गर्न गर्नेगरी आयोग गठन गर्ने सहमति गरेको हो । 

सहमतिपत्रमा भनिएको छ- "विदेशबाट इलेक्ट्रिक सिगरेटमा सुन राखी अवैध पैठारी ९तस्करी० गरिएको, मिति २०८० श्रावण २ गते ब्रेक सुमा राखी अवैध पैठारी (तस्करी) गरिएको सुन लगायत पटक पटक सुन तस्करी भई मुलुकभित्र

आइरहेको विषयलाई गम्भीरतापूर्वक लिई स्वतन्त्र र निष्पक्ष छानबिन गर्न र यस्तो तस्करीजन्य कार्यको पूर्ण रुपमा नियन्त्रण गर्न मौजुदा कानूनमा गर्नुपर्ने परिमार्जन, संरचनागत सुधार र पटक पटकको सुन तस्करी सम्बन्धमा भएका

छानबिन अनुसन्धानबारे समेत अध्ययन गरी सुझाव सहितको प्रतिवेदन पेश गर्न जाँचबुझ आयोग ऐन, २०२६ बमोजिम असोज ५ गते  नेपाल सरकारले आयोग गठन गरी त्यसै दिनदेखि आयोगले कार्य प्रारम्भ गर्नेछ ।"

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विद्युतीय चुरोटमा सुन राखेर तस्करी भएको प्रकरणमा महराको नाम पनि जोडिएको थियो ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal