(Saturday , 11 May,2024)

शङ्कर पोखरेलको आरोप : सरकारले सुशासनका नाममा भ्रष्टाचारीको संरक्षण गर्‍यो

author

Anonymous

Image 1

६ भदौं, सुर्खेत । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले गठबन्धनको सरकारले ‘सुशासन अभियान’को नाममा भ्रमको खेती गरेको आरोप लगाएका छन् ।

बुधबार बिहान वीरेन्द्रनगरमा कार्यक्रममा बोल्दै पोखरेलले सरकारले सुशासनकै नाममा भ्रष्ट्रचारीको संरक्षण गरेको आरोप लगाए ।

‘अहिलेको सरकारले जे गरिरहेको छ यसरी देश चल्छ रु नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवासको अनुसन्धान र सुनकाण्डलाई हेर्दा यसलाई कसरी सुशासनका लागेको सरकार भन्ने रु यी सबै काम सरकारकै डिजाइनमा भएको प्रष्ट देखिन्छ,’ महासचिव पोखरेलले भने, ‘दण्डित हुनुुपर्ने सरकार सुशासनको नाम दिएर भ्रमको खेती गरिरहेको छ ।’

उनले सुनको अवैध कारोबार गर्न पशुपति सुन काण्ड बाहिर ल्याइयो आरोपसमेत लगाए । ‘दुई महिना अघि नक्कली कम्पनी खडा गरेर हंङ्ककङ्गबाट पानितान्ने पम्प र ब्रेक सुलाई जहाज चढाएर ल्याउने पर्ने कारण सुन तस्करीकै लागि रहेछ । ब्रेक सुको तौल कति हुन्छ भनेर भन्न नपाइने, अध्यागमनमा समातिएको सामान तीन दिनपछि हराउँदा पनि हामीले मान्नू पर्ने रु’ उनले सरकारलाई प्रश्न गर्दै भने, ‘यो प्रकरणमा सत्तापक्ष नै संलग्न छ भन्ने कुराको निष्कर्षका आधारमा हामीले उच्च स्तरीय छानबिन समिति गठनको माग गरेका हौं ।’


पोखरेलले नक्कली भुटानी शरणार्थी प्रकरण पनि सरकारको चाहनाले भन्दा पनि अमेरिकन दबाबले अघि बढेको बताए । यस प्रकरणमा पनि निष्पक्ष छानबिन हुन नसकेको उनको आरोप छ । ‘नक्कली भुटानी शरणार्थी मुद्दामा गृहको नक्कली प्रतिवेदनका आधारमा एमालेमाथि आरोप लगाउने काम गरियो । सक्कली प्रतिवेदन भेटिएपछि यो सेलायो तर बाहिर सरकारले नक्कली प्रतिवेदनका आधारमा भ्रम सिर्जना गरियो,’ उनले भने ।

ललिता निवास प्रकरणको घरमा मुछिएकाहरूलाई घर घरमा गएर अनुसन्धान तथा बयान लिएकोमा पनि उनले सीआईबीको आलोचना गरे । उनले थपे, ‘मुख्यव्यक्तिहरुको छानबिन सुरु हुने कुरा भयो । राय सुझावका आधारमा अनुसन्धान गर्ने नाटक गरियो । घरमा गएर अनुसन्धानदाता आफैंले निष्कर्ष निकालेर अनुसन्धान अघि बढ्यो । यो कस्तो अनुुसन्धान हो रु’

फरक प्रसंगमा महासचिव पोखरेलले एमाले कर्णालीको नेतृत्वको विकास हुन अपरिहार्य रहेको बताए । ‘सापेक्षरुपमा कर्णालीबाट पार्टीको स्थायी कमिटीमा यामलाल कँडेल र गोरखबहादुर बोगटी हुनुहुन्छ । उहाँकाहरुको योगदान असाधारण छ । उहाँहरुलाई राष्ट्रिय राजनीतिमा स्थापित गर्न सकियो कि सकिन भन्ने प्रश्न स्वभाविक हुन्छ,’ उनले भने, ‘त्यसका लागि व्यक्ति स्वयम आफै भूगोलमा भन्दा राष्ट्रिय विषयमा उभिन आवश्यक हुन्छ । त्यसमा पार्टी नेतृत्वले सहयोग गर्नुपर्छ ।’

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal