(Saturday , 11 May,2024)

बाबुराम भट्टराई र माधवकुमार नेपाललाई घटना विवरण कागजमात्र गराएर उन्मुक्ति, प्रतिवादी होइन सरकारी साक्षी बनाइँदै

NepalNewsLine

NepalNewsLine

Image 1

३ भाद्र,काठमाडौं - सर्वोच्च अदालतले ललिता निवास प्रकरणमा अनुसन्धानको दायरामा ल्याउनु भनेका तत्कालीन प्रधानमन्त्रीहरू बाबुराम भट्टराई र माधवकुमार नेपाललाई घटना विवरण कागजमात्र गराएर उन्मुक्ति दिइएको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनीहरूलाई आइतबार घरमै पुगेर घटना विवरण कागज गराएको हो ।

घटना विवरण कागज सरकारी साक्षी बनाउनमात्र प्रयोग हुन्छ । सरकारी वकिलको उपस्थितिमा बयान गराएमा मात्र प्रतिवादी बनाउन सकिने व्यवस्था छ ।

तर, अनुसन्धान प्रतिवेदन बुझाउने अन्तिम तयारी गरिरहँदा सीआईबीले तत्कालीन प्रधानमन्त्रीद्वयसँग घटना विवरण कागजमात्र गरेको हो ।

‘यसलाई बयान भनिँदैन र यसका आधारमा प्रतिवादी पनि बनाउन मिल्दैन’, काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयका एक अधिकारीले भने ।

यसअघि सर्वोच्च अदालतले ललिता निवास प्रकरणमा अह्राए खटाएकोलाई मात्र पक्राउ गरिएको र निर्णयकर्तालाई अनुसन्धानको दायरामा नल्याएको भन्दै त्यसले समग्र न्याय प्रणालीप्रतिको आमविश्वासलाई समेत जोखिममा पारेको निष्कर्षसहित निर्देशनात्मक आदेश दिएको थियो ।

सर्वोच्चको आदेशसँगै तत्कालीन प्रधानमन्त्रीहरू नेपाल र भट्टराईमाथि पनि अनुसन्धान गर्न बाटो खुलेको थियो ।

तर, उनीहरूलाई जोगाउन गठबन्धनले सीआईबीलाई समेत दबाब र प्रभावमा पारेको भन्दै तीव्र आलोचना भएको थियो । सोधपुछसम्म पनि नगरी अनुसन्धान प्रतिवेदन बुझाउन लागिएको भन्दै सीआईबीमाथि प्रश्न उठाइएको थियो ।

 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal