(Saturday , 11 May,2024)

संसद बैठक ५ भदौसम्म स्थगित

NepalNewsLine

NepalNewsLine

Image 1

३ भदौ, काठमाडौं - आइतबार बोलाइएको प्रतिनिधिसभाको बैठक बस्दै नबसी स्थगित भएको छ ।

सभामुख देवराज घिमिरेले बोलाएको दलका प्रमुख सचेतक तथा सचेतकहरुको बैठक र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको राष्ट्रिय मान्यताप्राप्त दलका शीर्ष नेताको बैठकले संसद सञ्चालन गर्ने विषयमा सहमति जुटाउन नसकेपछि ५ भदौसम्मका लागि संसद बैठक स्थगित गरिएको हो ।

दुबै बैठकमा नेकपा एमालेले सुन तस्करी प्रकरण छानबिनका लागि उच्चस्तरीय समिति गठन हुनुपर्ने अडान राखेको थियो । सरकार पनि उच्चस्तरीय छानबिन समिति गठन नगर्ने अडानमा छ ।

दुबै पक्ष आआफ्नो अडानबाट पछि नहटेपछि संसदको अवरोध नहटेको हो ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal