(Saturday , 11 May,2024)

राजनीतिक दवावमा नक्कली शरणार्थी प्रकरण अनुसन्धान गर्ने टोलीकै सरुवा गर्न प्रस्ताव

NepalNewsLine

NepalNewsLine

Image 1

२ भाद्र, काठमाडौँ  - राजनीतिक दवावमा प्रहरी प्रधान कार्यालयले आफ्नै मापदण्ड विपरीत नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान गर्ने टोलीलाई नै सरुवा गर्न प्रस्ताव गरेको छ।

यस प्रकरणको अनुसन्धान अघि बढाउन काठमाडौं प्रहरी परिसर र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। दुवै कार्यालयका प्रमुखको सरुवाका लागि प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयमा प्रस्ताव पठाएको प्रहरी प्रधान कार्यालय स्रोतले जानकारी दिएको छ।

काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी दानबहादुर कार्की, उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी मनोज केसी र ललितपुर प्रहरी प्रमुख एसएसपी सिद्धिविक्रम शाहलाई सरुवा गर्न प्रस्ताव पठाइएको हो। उनीहरूलाई सरुवा मापदण्ड विपरीत सरुवा गर्न लागिएको हो।

यसअघि प्रहरी प्रधान कार्यालयले सरुवा मापदण्ड बनाएको थियो। जसमा कार्यालय प्रमुखलाई कम्तिमा एक वर्षसम्म सरुवा नगरिने व्यवस्था गरिएको छ। सरुवाका लागि प्रस्ताव गरिएको प्रहरी अधिकृत आएको आठ महीना मात्रै भएको छ।

एसएसपी कार्कीलाई प्रहरी महानिरीक्षकको सचिवालय, एसएसपी केसीलाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक निर्देशनालय र एसएसपी शाहलाई सीआईबीमा सरुवा गर्न प्रस्ताव गरिएको छ।

एसएसपीद्वय कार्की र केसीले नक्कली भुटानी शरणार्थी प्ररकणको अनुसन्धान अघि बढाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए। केसी नेतृत्वमा आएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय नक्कली शरणार्थी प्रकरणको अनुसन्धान अगाडि बढाएको थियो।

त्यसपछि काठमाडौं प्रहरी परिसरको जिम्मा दिएको थियो। यो प्रकरणलाई अदालतसम्म लग्ने काम परिसरले गरेको थियो। परिसरको नेतृत्व गरेका कार्कीलाई पनि सरुवाका लागि प्रस्ताव पठाइएको छ।

एसएसपी केसीको सरुवा गर्न खोजेको भए पनि विवाद आउने देखेर तीनै एसएसपीको सरुवा प्रस्ताव अगाडि बढाइएको प्रहरी प्रधान कार्यालयले स्रोतले बतायो।

काठमाडौं प्रहरी परिसर प्रमुखमा एसएसपी भुपेन्द्र खत्री, काठमाडौंमा उपत्यका अपराध अनुसन्धान कार्यालय प्रमुखमा एसएसपी  सोमेन्द्रसिंह राठौर र ललितपुर प्रहरी परिसर प्रमुखमा दिनेश आचर्यलाई सरुवा गर्न प्रस्ताव गरिएको छ। खत्री प्रहरी महानिरीक्षकको सचिवालयमा, राठौर राष्ट्रिय सुरक्षा परिषद् सचिवालयमा र आचार्य केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०मा कार्यरत छन्।

यसअघि उपत्यका प्रहरी कार्यालयका एआईजी श्याम ज्ञवालीको सरुवा गरिसकिएको छ। मन्त्रिपरिषद् बैठकले ज्ञवालीसँगै पाँच जना एआईजीको सरुवा गरेको हो। ज्ञवालीलाई साढे चार महीनामै सरुवा गरिएको हो।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र काठमाडौं प्रहरी परिसरलाई नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान अघि बढाउन एआईजी ज्ञवालीले बल दिएका थिए। उनलाई प्रहरी प्रधान कार्यालय कार्यविभागमा सरुवा गरिएको छ। उनको ठाउँमा प्रशासन विभागका एआईजी दीपक थापालाई पठाएको छ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाण, पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे लगायत ३० जना विरुद्ध मुद्दा दर्ता गरिएको छ। खाण, रायमाझी र पाण्डे सहित १६ जनालाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाइसकेको छ।

यस प्रकरणमा काठमाडौं प्रहरी परिसरमा थप १८ वटा उजुरी आएका छन्। त्यसमा फेरि अनुसन्धान अगाडि बढाउन थालिएपछि उनीहरूको सरुवा गर्न राजनीतिक दवाव आएको थियो।
जततउकस्ररधधध।जष्mबपिजबदबच।अयmरलभधकरज्ञघठछढड

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal