(Saturday , 11 May,2024)

चीन भ्रमणमा ऊर्जासम्बन्धी महत्वपूर्ण सहमति हुने प्रधानमन्त्रीको विश्वास

author

Anonymous

Image 1

१ भदौ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो चीन भ्रमणका क्रममा ऊर्जा क्षेत्रमा दुरगामी सहमति जुट्ने विश्वास व्यक्त गरेका छन् ।

नेपाल विद्युत प्राधिकरणको ३८औं वार्षिक उत्सव कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले हालै भएको भारत भ्रमणका क्रममा १० हजार मेगावाटसम्म विद्युत निर्यात गर्ने प्रारम्भीक सहमति भएको स्मरण गरे । त्यो समझदारीलाई मूर्त रुप दिन नेपाल र भारतका अधिकारीहरु निरन्तर सम्वादमा रहेको उनले बताए । बंगलादेशमा विद्युत निर्यातका लागि सम्झौतामा हस्ताक्षरको अन्तिम तयारी भइरहेको समेत उनले जानकारी दिए ।

हालै इटलीमा भएको भेटमा पनि बंगलादेशमा प्रधानमन्त्रीसँग पनि विद्युत व्यापार बढाउने कुराकानी भएको भन्दै उनले अघि भने, ‘मेरो आगामी महिना हुने चीन भ्रमणमा ऊर्जा क्षेत्रका सम्बन्धमा दुरगामी र महत्वपूर्ण सहमति हुने विश्वास दिएको छु ।’

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal