(Sunday , 12 May,2024)

राष्ट्रपति पौडेल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

author

Anonymous

Image 1

३१ साउन, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । राष्ट्रपति कार्यालय शीतलनिवासमा भएको भेटमा संसद अवरोधलगायतका विषयमा बुधबार दिउँसो छलफल भएको ओली निकट स्रोतले जनाएको छ ।

सुन तस्करी प्रकरणको उच्चस्तरीय छानबिन गर्नुपर्ने माग गर्दै नेकपा एमालेले १० साउनदेखि संसद अवरोध गरिरहेको छ । प्रमुख राजनीतिक दलहरुबीच यस विषयमा भएको छलफल निष्कर्षमा पुग्न सकेको छैन ।

यसै सन्दर्भमा राष्ट्रपति पौडेलले संसदको अवरोधबारे चासो राख्दै प्रधानमन्त्री र विपक्षी दलका नेतासँग भेट गरेका हुन् । पौडेलले प्रधानमन्त्री प्रचण्डसँग २५ साउनमा भेट गरेका थिए ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal