(Sunday , 12 May,2024)

संसदको गतिरोधबारे राष्ट्रपतिको चासो, शुक्रबार सभामुखलाई भेट्ने

NepalNewsLine

NepalNewsLine

Image 1

२५ साउन, काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलले संसदको गतिरोधबारे चासो व्यक्त गरेका छन् । बिहीबार शीतल निवास आएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग उनले संसदको अवरोध र सहमतिका लागि भइरहेको प्रयासबारे चासो राखेका हुन् ।

उनले भोलि शुक्रबार सभामुखलाई समेत भेट्ने तय भएको छ । सुन तस्करीबारे उच्चस्तरीय छानबिन गर्न माग गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद बैठक अवरुद्ध गर्दै आएको छ ।

भेटमा राष्ट्रपति पौडेलले संघीय शिक्षा ऐनबारे समेत चासो राखेका थिए । विधेयक विवादित भएको भन्दै उनले यसलाई सर्वस्वीकार्य बनाउन प्रधानमन्त्रीलाई आग्रह गरेका शीतल निवास स्रोतले बताएको छ ।

साथै संक्रमणकालीन न्यायसम्बन्धी बाँकी काम आफ्नै कार्यकालमा टुंग्याउन समेत प्रधानमन्त्री प्रचण्डलाई आग्रह गरेको शीतल निवास स्रोतले जनाएको छ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal