(Saturday , 11 May,2024)

सामाजिक सद्भाव र समानतामा आधारित राष्ट्रिय एकताले मात्रै देशको रक्षा हुने : अध्यक्ष ओली 

NepalNewsLine

NepalNewsLine

Image 1

२५ साउन, काठमाडौं - नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जातको आधारमा विद्वेष फैलिएमा देशको अस्तित्व समाप्त हुने बताउनुभएको छ ।

बिहीवार २९ औँ विश्व आदिवासी दिवसको अवसरमा लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो बताउनुभएको हो ।

उहाँले नेपालीहरुका बीचमा जातका आधारमा आपसी विद्वेष र घृणा फैलिएमा देशको अस्तित्व समाप्त हुने बताउनु भयो । उहाँले नेपालमा जातिय विविधता रहेको भन्दै सामाजिक सद्भाव र समानतामा आधारित राष्ट्रिय एकताले मात्रै देशको रक्षा हुने बताउनु भयो ।

एमाले अध्यक्ष ओलीले पहिचानको मुद्दा देशको हितका लागि हुनुपर्ने बताउनु भयो । उहाँले पहिचानको मुद्दाले देशमा समस्या खडा गर्नु नहुने बताउनु भयो ।

अध्यक्ष ओलीले नेपालमा पहिचानको मुद्दा समानता र सद्भावका लागि भएको बताउनु भयो । पहिचानको मुद्दा आपसी मित्रता बढाउनका लागि र प्रेम फैलाउनका लागि भएको उहाँको भनाई छ ।

अध्यक्ष ओलीले राज्य कुनै एउटा धर्म र जात विशेषको नभएको भन्दै त्यसकारण देशलाई धर्म निरपेक्ष बनाइएको बताउनु भयो ।

उहाँले देशको नाम ‘नेपाल’ पनि कुनै जात विशेषको नभएको उल्लेख गर्दै प्रदेशहरुको नाम पनि साझा भुगोल, संस्कृति र नदीनालाको नामबाट राखिएको बताउनु भयो ।

उहाँले प्रदेशहरुको नामाकरण साझा रुपमा राखिएको भन्दै यसले कसैलाई अपमान, थिचोमिचो वा नहोच्याउने उल्लेख गर्नुभयो ।

उहाँले अन्य देशको तुलनामा नेपालमा आदिवासी, जनजाति र दलित समुदायले अधिकारको क्षेत्रमा उल्लेख्य उपलब्धी हासिल गरेका बताउनु भयो ।

अध्यक्ष ओलीले एमालेले स्थापनाकालदेखि नै सामाजिक न्याय र समानताका लागि कुरा उठाएको उल्लेख गर्दै आफुहरु सबैलाई अधिकारसम्पन्न बनाउने पक्षमा रहेको बताउनु भयो ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal