(Sunday , 12 May,2024)

 लक्ष्यअनुसार काम नगरे जिम्मेवारी फेरबदल हुन सक्ने मन्त्री र सचिवलाई प्रधानमन्त्रीको चेतावनी

NepalNewsLine

NepalNewsLine

Image 1

२५ साउन, काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको लक्ष्य अनुसार काम नगरे अभिलेख राखेर जिम्मेवारी फेरबदल गर्ने चेतावनी दिएका छन् ।

मन्त्री र सचिवहरुलाई निर्देशन दिँदै उनले विगतमा जस्तो यो वा त्यो बहानामा आफूलाई सुम्पिएको कार्यसम्पादन अनुरूपको कार्यमा ढिलाइ गर्ने छुट कसैलाई नभएको बताए । 

प्रधानमन्त्री प्रचण्डले भने,‘कार्ययोजनामा उल्लेख भएअनुसार प्रगति हासिल गर्ने मन्त्री, सचिव, विभागीय तथा आयोजना प्रमुखलाई पुरस्कृत गर्ने र लक्ष्यअनुसार प्रगति हासिल नगर्नेलाई सोही अनुसार अभिलेख राखी जिम्मेवारी फेरबदल गर्नेतर्फ सरकारले आवश्यक कदम चाल्नेछ भन्ने कुरामा म सबैको ध्यानाकर्षण गर्न चाहन्छु।’ उनले कार्यसम्पादन मूल्यांकनको आधार गुणात्मक प्रगतिसहितको मासिक रिपोर्ट कार्डका आधारमा गरिने बताए । 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal