(Saturday , 11 May,2024)

नेविसंघका दुई समूहको कांग्रेस केन्द्रीय कार्यालय सानेपामा नाराबाजी, स्थिति तनाबग्रस्त 

NepalNewsLine

NepalNewsLine

Image 1

२४ साउन, काठमाडौँ - नेपाल विद्यार्थी संघ (नेविसंघ) का दुई समूहबीच माउ पार्टी कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा नाराबाजी भएको छ ।

सोमबार पार्टी सभापति शेरबहादुर देउवाले विधान विपरीत नेविसंघको केन्द्रीय तदर्थ समिति विस्तार गरेको भन्दै असन्तुष्ट विद्यार्थीहरू विरोधमा उत्रिएका हुन् । 

विद्यार्थी नेताहरू योगेन्द्र रावल, अशोक विष्ट, विनोद शाही लगायतको समूह नेविसंघको समान्तर कमिटी घोषणाका लागि सानेपा पुगेका थिए ।

प्रहरी परिचालन गरेर उनीहरूलाई पार्टी कार्यालय प्रवेशमा रोक लगाइएको छ । कमिटी विस्तारको विरोध भएपछि नेविसंघ अध्यक्ष दुजाङ शेर्पा समर्थक विद्यार्थीहरू सानेपा पुगेर प्रतिवादमा उत्रिए । 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal