(Sunday , 12 May,2024)

 सभामुखसहित सत्तापक्ष र प्रतिपक्ष दलको बैठक भोलि बिहान बालुवाटारमा बस्ने

NepalNewsLine

NepalNewsLine

Image 1

२२ साउन, काठमाडौँ - प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका कारण प्रतिनिधि सभामा उत्पन्न गतिरोध अन्त्य गर्न मंगलबार बिहान पुनः छलफल हुने भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान साढे १० बजे सभामुख देवराज घिमिरे सहित प्रधानमन्त्री, सत्तापक्ष दलका नेता, प्रमुख प्रतिपक्षी दलका नेताहरुबीच छलफल हुने भएको हो ।

सोमबार दुई चरणमा भएको छलफलबाट सहमति ननिस्किएपछि भोलि बिहान पुनः बैठक बस्ने तय भएको छ ।

 सुन तस्करीको विषयमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले उच्चस्तरीय छानबिन समिति बनाउने विषयमा लिएको अडान र सत्तापक्षले पनि सो छानबिन समिति आवश्यक नभएको भन्दै लिएको अडानका कारण आज बसेका २ वटा बैठकबाट सहमति निस्कन सकेन ।

प्रतिनिधिसभाको बैठक बस्न नसक्दा कानुन निर्माणको काममा ढिलाई हुनुका साथै जनसरोकारका विषय संसदमा उठ्न पाएको छैन । 

यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता रवि लामिछानेले प्रतिनिधिसभालाई बन्धक बनाएर प्रमुख प्रतिपक्षी दलले बार्गेनिङको माध्यम बनाएको बताएका छन् ।  

२ पटक समय निर्धारण भएर पनि प्रतिनिधिसभा बैठक बस्न नसकेपछि सामाजिक सञ्जालमार्फत उनले आक्रोस पोखेका छन् ।

उनले भनेका छन्– ‘वर्षौदेखि देशलाई कसरी प्यारलाईज्ड् गरिएको रहेछ भन्ने राम्ररी बुझ्दैछौं । कयौं कानुन बनाउनुपर्ने छ, कयौं कानुनमा संशोधन छन्, जन सरोकारका कयौं मुद्दामा छलफल र निर्णय गर्नुछ ।

तर संसद चल्दैन, बार्गेनिङ चल्छ, मात्र बार्गेनिङ । दुःखद ।।’
 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal