(Sunday , 12 May,2024)

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक लम्बिने

NepalNewsLine

NepalNewsLine

Image 1

२० साउन, काठमाडौँ - नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक लम्बिने भएको छ । पाँच दिन बस्ने गरी सुरु भएको बैठकको आज चौथो दिन हो । तर, बैठकमा बोल्ने केन्द्रीय सदस्यहरूको सूची लामो भएपछि बैठक लम्बिने भएको हो ।

उपाध्यक्ष मात्रिका यादवकाअनुसार थपिएको दिनको बैठकको सम्बन्ध आज साँझ पदाधिकारी बैठक बसेर आवश्यक निर्णय लिनेछ । यादवले बैठक लम्बिएपछि बैठक बस्ने ठाउँको खोजी पनि सुरु गरिएको छ ।

शुक्रबारसम्म १ सय ४१ जना सदस्यहरूले आफ्ना धारणा राखेका थिए । शनिबार थप २ सय जनाको हाराहारीमा बोल्ने नाम टिपाएका छन् । केन्द्रीय सदस्यहरूले बोल्ने क्रम सकिएपछि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जवाफ दिनेछन् ।


 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal