(Sunday , 12 May,2024)

प्रस्तावित राजदूत क्षेत्री माथि कार्यालएका महिलामाथि  दुर्व्यवहार सम्बन्धमा प्रश्न

NepalNewsLine

NepalNewsLine

Image 1

१८ साउन, काठमाडौँ - संयुक्त अरब इमिरेट्स युएईका लागि प्रस्तावित राजदूत तेजबहादुर क्षेत्रीमाथि संसदीय सुनुवाइका क्रममा कार्यालयमा महिलामाथि दुर्व्यवहार गरेको हो भन्दै एमाले सांसद ईश्वरी घर्तीले प्रश्न गरेकी छिन । 

बिहीबार सिंहदरबारमा भएको संसदीय सुनुवाइका क्रममा क्षेत्रीमाथि परराष्ट्र मन्त्रालयका कर्मचारीको तर्फबाट ५ वटा गम्भीर प्रकृतिको उजुरी आएको भन्दै सो प्रश्न गरेको बताइन्।

सांसद घर्तीले भनिन्, "अंग्रेजीमा कमजोर हुनुहुन्छ, एउटा प्याराग्राफ लेख्न सक्नुहुन्न, महिलालाई कार्यालयमा  पटक–पटक दुर्व्यवहार गरेर उजुरी परेको छ । मन्त्रालयमा ईस्ट्राईकर उपनामले भनेर बोलाउने गरेको भनेको मन्त्रालयका सबै कर्मचारीको तर्फबाट भनेर उजुरी आएको छ । भोलि युएईको दूतावासमा पनि महिला होलान्, त्यहाँपनि दुर्व्यवहार नहोला भनेर कसरी भन्न सकिन्छ ? 

प्रस्तावित राजदूत क्षेत्रीले २६ वर्षको सरकारी सेवाको क्रममा आफूमाथि दुर्व्यवहार गरेको भनेर एक जनाको पनि उजुरी नपरेको, आफूलाई बेइज्जत गर्ने उद्देश्यले उजुरी गरेको गलत आरोप रहेको बताए । 

उनले भने,ुमैले २६ वर्षको आफ्नो करिअरमा कसैमाथि दुर्व्यवहार गरेको छैन । मलाई ड्यामेज गर्ने उद्देश्यले, बेइज्जत गर्ने उद्देश्यले गलत उजुरी गरिएको रहेछ । आफ्नै मन्त्रालयका व्यक्तिले मलाई कसरी निरुत्साहित गर्न सकिन्छ भन्ने उद्देश्यले गलत आरोप लगाएका हुन् । म सबै महिलालाई सम्मान गर्छु । मैले महिलालाई देवी मान्ने गरेको छु।ु

उनले २०५३ सालमै अंग्रेजीमा बिए, बिएड गरेको बताउँदै बेलायत लगायतका देशमा बसेर काम गरेकोले अंग्रेजी नजान्ने भन्ने प्रश्नै नहुने बताए । राहदानी विभागमा एमआरपी पासपोर्ट बनाउने  क्रममा ६ महिनाको काम गरेपछि सरुवा हुन पाइने भएपनि २ वर्ष दिनरात नभनी काम गरेको उल्लेख गरे । 

सांसद डोलप्रसाद अर्यालले युएईमा नेपालीले नेपालीलाई नै ठगी गर्ने अपराध रहेको बताउँदै त्यसलाई कसरी सम्बोधन गर्नुहुन्छ भन्दै प्रश्न गरे । सो देशमा श्रमिकहरूको ठूलो समस्या रहेको, युएईमा रहेका नेपाली श्रमिकलाई कसरी सामाजिक सुरक्षा कोषमा सामेल गर्नुहुन्छ भन्ने उनले प्रश्न गरे । 

सांसद प्रकाश अधिकारीले युएईबाट लगानीका धेरै सम्भावना रहेको बताउँदै बिप्पा सम्झौतालाई कार्यान्वयन गराउन पनि आग्रह गरे । 

सांसद रमेशजंग रायमाझीले समितिमा प्रस्तुत गरेको कार्ययोजनाको ५० प्रतिशत मात्र कार्यान्वयन भएपनि धेरै राम्रो हुने बताए । उनले युएईमा नेपालको झन्डै डेढ प्रतिशत नेपाली रहेको बताउँदै उनीहरूको शव छिटो नेपाल पठाउन दूतावासले सहजीकरण नगरेको भन्ने गुनासो आइरहेको बताए । 

उनले परराष्ट्र सेवामा १७ सहसचिव रहेकोमा ५० प्रतिशत विदेशमा राजदूतका लागि जाँदा सहसचिव पदपनि लिएर जाने गरेको र यता खाली ठाउँमा दरबन्दी पनि राख्न नपाइने समस्या रहेको सुनाए । 

सांसद ईश्वरी न्यौपानेले युएईमा महिला कामदारहरूको अवस्था कमजोर रहेको तर्फ ध्यानाकर्षण गराइन् ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal