(Saturday , 11 May,2024)

संसद अवरोध एमालेले नभएर , सरकारले नै रोक्न लगाएको ओलीको दाबी

NepalNewsLine

NepalNewsLine

Image 1

१७ साउन, काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले नै संसद बैठक चलाउन नमानेको आरोप लगाएका छन् ।

बुधबार ललितपुर च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा उनले सरकारले सांसदहरुले प्रश्न उठ्छ भनेर सभामुखलाई दबाब दिएर बैठक स्थगित गर्न लगाएको दाबी गरे ।

‘उहाँहरुले संसदमा आवाज उठछ भनेर अस्तिका दिन संसद चल्न दिनुभएन । हामीले संसद चलाऔं भनेका छौं, सांसदहरु बोल्नुहुन्छ, आवाजहरु उठाउनुहुन्छ, जनताको भनाइ भन्नुहुन्छ ।

सांसदले बोल्न पाउनुप¥यो । सरकार सांसदलाई बोल्न दिँदैन । सभामुखलाई दवाव दिन्छ कि तपाईँले सूचना टाँसेर संसद रोक्नुस् भनेर’, ओलीले भने ।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट एक क्न्विटल सुन तस्करी भएको प्रकरणमा नेकपा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गरेको छ ।

१० साउनको बैठकमा समिति गठनको माग गरेर एमालेले संसद अवरोध गरेको थियो । त्यसपछि १५ र १६ साउनमा बोलाएको बैठक पनि बस्न सकेन ।

एमाले अध्यक्ष ओलीले भने ती बैठक आफूहरुको कारण नभई सत्तापक्षकै कारण बस्न नसकेको दाबी गरे ।

मंगलबार पनि सत्तापक्षले सांसदहरुलाई बोल्न नदिने, सिधै उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले जवाफ दिने प्रस्ताव गरेपछि आफूहरुले नमानेको ओलीले दाबी गरे । ‘

हिजो हामीले बोल्न दिनुपर्छ उहाँहरु बोल्न दिन तयार हुनुभएन । एक जना गृहमन्त्री मात्रै बोल्ने रे । जो भन्सार नियन्त्रण गर्न योग्य छैन । जो अनेक प्रकारका नचाँहिदा बकवास अरुमाथि लाञ्छित, आरोपित गरेर हिँड्छ ।

उसले भाषण गर्ने रे । अनि, सांसदहरुले बोल्न नपाउने रे’, ओलीले भने ।

एमाले अध्यक्ष ओलीले सुन तस्करी प्रकरणमा सरकारले गरेको अनुसन्धानमा आफूहरुलाई विश्वास नभएको बताए । त्यसैले उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने उनको माग छ ।

‘प्रधानमन्त्रीजी भन्नुहुन्छ– म छानबिन गरिराखेको छु, गर्न दिनुस् न । हामीलाई छानबिन गर्न किन नदिने रु गर्नुस् न तपाईहरु छानबिन । तर तपाईहरुको छानबिन, तपाईहरुको सरकार सञ्चालन भरपर्दो भएन ।

तपाईहरुले भन्सार नियन्त्रण पनि गर्न सक्नुभएन, छेक्न सक्नुभएन । त्यहाँ चोरीपैठारी हुँदा त्यत्रो सुन आउँदा तपाईंहरुले देख्नुभएन । अनि तपाईहरुबाट के छानबिन हुन्छ’ ओलीले भने ।

ओलीले उच्चस्तरीय छानबिन समिति बनाउँदैमा सरकारले गरिरहेको अनुसन्धान रोक्नु नपर्ने पनि बताए ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal