(Sunday , 12 May,2024)

कोशीमा नयाँ सरकार बनाउन तीन विकल्पमा छलफल, सत्ता गठबन्धन आज पनि छलफलमा

author

Anonymous

Image 1

१४ साउन, काठमाडौं । कोशी प्रदेशमा नयाँ सरकार गठनको प्रयासमा आज सत्ता गठबन्धनका नेताहरुको बैठक काठमाडौंमा बस्दै छ । बैठकमा कोशी प्रदेशका संसदीय दलका नेताहरुलाई पनि बोलाइएको छ ।

शनिबार पनि प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसँग छलफल गरेका थिए ।

आज बिहान नौ बजे पुनः कोशी प्रदेशका नेताहरुसँग छलफल हुन लागेको हो । माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले छलफलका लागि नेताहरुले काठमाडौंमा बोलाएकाले आएको बताएका छन् ।

दलहरुमा तीन विकल्पमा छलफल

सत्ता गठबन्धनका नेताहरुले सकेसम्म गठबन्धन दलबाटै सरकार गठनको प्रयास जारी राखेका छन् । तर सत्ता गठबन्धन र एमाले दुवै पक्षसँग बहुमत ९४७ प्रदेश सभा सदस्यको समर्थन० पुगेको छैन । यस्तो अवस्थामा सत्ता गठबन्धनबीच तीन विकल्पमा छलफल भइरहेको छ ।

पहिलो विकल्प संसदको ठूलो दलको हैसियतमा नयाँ सरकार बनाउने हो । कोशीमा नेकपा एमाले सबैभन्दा ठूलो दल भएकाले उसको नेतृत्वमा सरकार गठन हुन नदिन कांग्रेस माओवादीसहितको सत्ता गठबन्धन प्रयासरत छन् ।

दोस्रो विकल्पको रुपमा उनीहरुले सरकार गठनमा निर्णायक देखिएको राप्रपाको साथ खोजेका छन् । तर राप्रपाले वचन दिएको छैन । राप्रपाका कोशी प्रदेश संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले विभिन्न दलहरुसँग छलफल भइरहेको तर अन्तिम टुंगोमा नपुगेको बताए ।

राप्रपा सत्ता गठबन्धनमा आउन सहमत नभए सभामुख बाबुराम गौतमलाई राजीनामा गराएर बहुमत पुर्‍याउने सत्ता गठबन्धनका नेताहरुको तयारी छ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गत शुक्रबार मात्र सभामुख गौतमले राजीनामा दिनु उपयुक्त हुने बताएका थिए ।

नेकपा एमालेका नेता हिक्मत कुमार कार्कीले विश्वासको मत जुटाउन नसकेपछि सभामुख बाबुराम गौतमको समेत समर्थनमा नेपाली कांग्रेसका नेता उद्धव थापा गत असार २१ गते मुख्यमन्त्री नियुक्त भएका थिए । तर गत बिहीबार सर्वोच्च अदालतको पूर्ण इजलासले थापाको नियुक्ति बदर गरिदिएको थियो ।

सर्वोच्चले संविधानको धारा १६८ ९२० बमोजिम सात दिनभित्र नयाँ सरकार गठन गर्न परमादेश दिएकाले दलहरु त्यसको आन्तरिक तयारीमा छन् ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal